रुकुम पूर्वमा थालियो फलाम खानीको विस्तृत अध्ययन

रुकुम पूर्व : जिल्लामा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ। भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको सम्भाव्यता अध्ययन शुरु गरेका हुन्। खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन शुरु गरेको हो।आर्थिक अभावले विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन शुरु भएको बताए। हाल फलाम ख

सम्बन्धित सामग्री

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम । रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे-३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो । आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन […]

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो ।

धौवादी फलाम खानी यसै वर्ष सञ्चालनमा ल्याईने

काठमाडौं,१५ जेठ । सरकारले नवलपरासिमा रहेको धौवादी फलाम खानीको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न गर्दै यहि आर्थिक वर्षभीत्रमा उत्खनन्को कार्य प्रारम्भ गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०.८१ को विनियोजित बजेट संसद्मा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बाँकी कार्य सम्पन्न गरेर यहि वर्ष भित्र खानी सञ्चालनमा ल्याउने उद्धघोष गरेका हुन् । धौवादी नेपालमका […]

फलामको व्यावसायिक उत्खनन तयारी

रामेछापको ठोसेस्थित खानीमा रहेको फलामको धाउ उत्खनन प्रक्रिया सुरु भएको छ । नेपाल एन्ड चाइना मिनरल्स प्रालिले प्रक्रिया अघि बढाएको हो । उत्खनन सफल भए यो नेपालको पहिलो व्यावसायिक फलाम खानी हुनेछ । ‘खानीको विस्तृत अध्ययन अन्तिम चरणमा छ,’ कम्पनीका प्रवद्र्धक वाङ्चु शेर्पाले भने, ‘सबै काम नियमित भए डेढवर्षभित्र उत्पादन सुरु हुन्छ ।’ कम्पनीले तीन वर्षअघि खानी तथा भूगर्भ विभागबाट अन्वेषणको अनुमति लिएको थियो । चिनियाँ कम्पनी कुङसाङ वाङ सेल समेतको संयुक्त लगानीमा नेपाल एन्ड चाइना मिनरल्स स्थापना भएको हो । कम्पनीले फलामको धाउको प्रयोगशाला परीक्षणका लागि चीन र भारतमा नमुना पठाएको छ । ‘नमुनाको प्रतिवेदनअनुसार काम सुरु गर्छौं,’ शेर्पाले भने । आगामी असोजभित्र विभागबाट उत्खननको अनुमतिपत्र पाइसक्ने कम्पनीले बताएको छ । कम्पनीले खानीको सम्भाव्यता अध्ययनको काम सम्पन्न गरेको छ । कुङसाङ वाङ सेल समेतको अध्ययन अनुसार खानीमा दुई करोड टन फलामको धाउ छ । यसअघि खानी तथा भूगर्भ विभागले गरेको प्रारम्भिक अध्ययन गरे अनुसार खानीमा एक करोड पाँच लाख टन फलामको धाउ रहेको अनुमान गरेको थियो । फलामको धाउ उत्खनन गरेर स्पोन्ज आइरन तयार गर्न दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘स्पोन्ज आइरनलाई प्रशोधन गरेपछि सामान्य गुणस्तरको फलाम तयार हुन्छ । खानी उद्योग स्थापना गर्न लाग्ने ७० प्रतिशत खर्च चिनियाँ कम्पनी कुङसाङ वाङ सेलले गर्ने सम्झौता भएको छ । वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

धौबादीमा फलाम उत्खनन् गर्ने अन्तिम तयारी

सरकारले नवलपुरको पहाडी क्षेत्रमा रहेको हुप्सेकोट गाउँपालिकामा फलाम उत्खनन् गर्ने अन्तिम तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले धौबादी फलामखानीमा यसै आर्थिक बर्षदेखि व्यावसायिक उत्पादन सुरु गर्ने गरी अन्तिम तयारी गरेको हो । खानी तथा भूगर्भ बिभागले गरेको विस्तृत अध्ययन प्रतिवेदन अनुसार सो क्षेत्रमा एक सय हेक्टर क्षेत्रफलमा फलाम खानी रहेको छ । खानी ८ देखि १० किलोमिटर क्षेत्रफलमा फैलिएको र गहिराई २ सय ५० मिटरसम्म रहेकाले प्रतिवेदनमा उल्लेख छ । भने उक्त खानीबाट करिव ३० बर्षसम्म प्रतिदिन ८ सय टन फलाम उत्पादन हुन्छ ।