इलाम : पूर्वी पहाडी जिल्लाका मृगौला पीडितहरूले अब इलाम अस्पतालमै डायलासिस सेवा पाउने भएका छन्। रोटरी क्लब धरान र इलाम नगरपालिकाले इलाम अस्पताललाई तीन थान डायलासिस मेसिन हस्तान्तरण गरेका हुन्।सेवा शुरू भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका बिरामीले इलामबाटै मृगौला डायलासिस सेवा पाउनेछन्। यहाँ सेवा शुरू भएपछि नियमित डायलासिस गर्न तराई तथा अन्य जिल्लाका अस्पताल पुग्नुपर्ने बाध्यता हट्नेछ।इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७