विश्व मृगौला दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं : विश्व मृगौला दिवस आज नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।दिवसका लागि यस वर्षको नारा “सबैका लागि स्वस्थ्य मृगौला” भन्ने तय गरिएको छ। केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङ्क छ। विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मृगौला सम्वन्धी रोग भएको अनुमान गरिएको छ।नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु

सम्बन्धित सामग्री

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे अवसरका नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ […]

विश्व पक्षघात दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ। मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त […]

आज पुष्पलाल स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं।आज ४४ औँ पुष्पलाल स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै छ।प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ।लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ।पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ र अमेरिकामा एक दशकपछि पोलियोको बिरामी भेटिएको छ।

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै ५० वर्ष अघिदेखि मनाउन थालिएको दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको बताउनुभएको छ । प्रकृतिको स्वाभा...

मनमोहन स्मृती दिवस आज विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । नेकपा एमालेका संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २३ औं स्मृति दिवस आज (मंगलबार) विविध कार्यक्रम गरि मनाइँदै छ । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा २०५१ सालमा नेकपा एमालेले ९ महिना सरकार चलाएको थियो । ९ महिने सरकारको लोकप्रियताको जस अहिले पनि नेकपा एमालेले पाउदै आएको छ । अधिकारी […]

आज विश्व रेडियो दिवस ! विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ –  आज विश्व रेडियो दिवस !‘रेडियो र विश्वास’भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ ।  संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ । नेपालमा राणा शासन अन्त्यका लागि […]

विश्व सिमसार दिवसका अवसरमा आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्षको सिमसार दिवसको नारा ’मानिस र प्रकृतिको लागि सिमसार कार्य’ भन्ने रहेको छ । सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका लागि उपयोगी मानिन्छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । सिमसार क्षेत्रको दलदले माटोले […]

आज विश्व बसोबास दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज विश्व बसोबास दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा ‘तीव्र सहरी क्रियाकलापको लक्ष्य : कार्बनरहित विश्व’ भन्ने तय गरिएको छ । यो नाराले सहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो सहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखेर न्यून कार्बन उत्सर्जन गर्ने गरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ । वातावरणमैत्री सहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विज्ञले बताउँदै आएका छन् ।  ...

राष्ट्रिय संरक्षण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - राष्ट्रिय संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको असोज ७ गतेलाई सरकारले राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरेको छ । २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फले ...

आज मोतीराम भट्टको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाण्डौमा जन्मनु भएका उहाँको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई उजागर गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याउनुभएको थियो । भट्टले भानुभक्त आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गर्नुभएको थियो । उहाँका मनोवेग प्रवाह, गजेन्द्रमोक्...