पाँच दिनदेखि देशभरका सरकारी अस्पतालका डाक्टरले बिरामीको उपचार गरेका छैनन्। बिरामीको उपचारमा व्यस्त हुनुपर्ने डाक्टर पेशाको ग्यारेन्टी खोज्दै काठमाडौंमा भेला भएर आन्दोलनमा जुटेका छन्। अस्पतालमै रहेका डाक्टरले पनि आकस्मिकबाहेक अरु बिरामीको उपचारमा ध्यान दिएका छैनन्।