काठमाण्डाै - डाक्टरहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी थप मर्कामा परेका छन् । अस्पतालमा आकस्मिक उपचार सेवा समेत पाउन नसकेको बिरामी र आफन्तको गुनासो छ ।
काठमाण्डौका ठूला अस्पताल त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरीका धेरैजसो सरकारी अस्पतालमा सेवा प्रभावित छ । डाक्टर र अरु स्वास्थ्यकर्मीले आकस्मिकबाहेकको स्वास्थ्य सेवा बन्द गरेको भने पनि आकस्मिक सेवा समेत प्रभावित भएको छ ।
स्वास्थ्यकर्मी धर्ना तथा जुलुसमा सहभागी भएका कारण बिरामीले उपचार पाउन सकेका छैनन् । आन्दोलनकै कारण अस्पतालक...