कोशी अस्पतालमा नक्कली डाक्टर पक्राउ

विराटनगर : मदिरा सेवन गरी कोशी अस्पतालको गाइनो वार्डमा डाक्टर बनेर बिरामी परीक्षण गर्ने एक व्यक्ति पक्राउ परेका छन्।सोमबार राति १२ बजे विराटनगरस्थित कोशी अस्पतालको गाइनो वार्डमा बिरामीको स्वास्थ्य जाँच गर्ने विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो। बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।‘मदिरा सेवन गरेपछि डाक्टर बनेर अस्पता