कसैको हातमा स्लाइनको पाइप झुन्डिएकाे छ । कसैलाई अक्सिजन दिएर राखिएको छ । कोही बिरामी पीडाले छटपटाइरहेका छन् । तर बिरामीकोमा डाक्टरहरू भने पुग्न भ्याइरहेका छैनन् । कोही डाक्टर बिरामीको एक्सरे नियाल्दैछन् । कोही बिरामीको रिर्पोट हेर्दैछन् । कुनै शय्या खाली छैन । नयाँ आउने बिरामी शय्या नपाएर भुइँमै लडिरहेका छन् । बिरामीका आफन्तहरूको पनि त्यत्तिकै घुइँचो छ । डाक्टरहरूको भ्याइ नभ्याइ र हस्याङफस्याङ पनि उत्तिकै छ । यो दृष्य हो पाटन अस्पतालको आकस्मिक कक्षको ।ललितपुर गोदावरीकी ४० वर्षीया मञ्जु नगरकोटी एक्कासी पेट दुखेपछि पा...