चिनियाँ राष्ट्रपति सी जिनपिङ र जर्मन चान्सलर ओलाफ साेल्सबीच भेटवार्ता भएको छ । रुस–युक्रेन युद्धलाई लिएर चीन–युरोप दूरी बढिरहेका बेला युरोपको शक्ति र अर्थ सम्पन्न देश जर्मनीका चान्सलर चीन भ्रमणमा जानुभएको हो ।
जर्मन चान्सलरको भ्रमणलाई युरोपमा धेरैले शङ्कास्पद रूपमा हेरेका बीबीसीले जनाएको छ । जर्मन चान्सलरको उपस्थितिले चिनियाँ राष्ट्रपति सीको बढ्दो अधिनायकवादी प्रतिष्ठालाई चीनमा बढाइदिने युरोपेली देशहरुको भनाइ छ । तर, जर्मन चान्सलरले भने विश्वव्यापी समस्याहरू चीनसँगको सहकार्यबाट मात्र समाधान ग...