लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध: मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकार तयार रहेको बताएका छन् । अमेरिकी राजदूत डिन आर थम्पसनसँग बुधवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री रिजालले यस्तो बताएका हुन् । नेपालमा लगानी भित्याउन अमेरिकी राजदूत थम्पसनको पूर्ण सहयोगको अपेक्षा गर्दै मन्त्री रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा छलफल भएको मन्त्रालयले बताएको छ । मन्त्री रिजालले नेपालको विकास लगायत विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सराहनीय रहेको बताए । आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारे । पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्याउन सकिन्छ भन्नेमा सरकार लागिपरेको भन्दै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । आगामी मे महीनामा काठमाडौंमा हुने टिफा काउन्सिलको छैटौं बैठक द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि फलदायी हुनेमा विश्वास व्यक्त गरे । भेटमा मन्त्री रिजालले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदा समेत अमेरिकाले कुनै व्यापारमा न कुनै रूपमा सहयोग जारी राख्ने अपेक्षा गरे । सूचना, सञ्चार तथा प्रविधि, ऊर्जा, कृषि लगायत क्षेत्रमा अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी भएको उनले स्मरण गरे । उक्त क्षेत्रमा लगानी बढाउन र विविधीकरण गर्न अमेरिकी राजदूत थम्पसनको अधिकतम प्रयास रहने विश्वास उनले व्यक्त गरे । भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रूपमा सहयोग गर्ने बताए । लगानीको वातावरण थप सुदृढ गराउन जोड दिँदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वास समेत दिलाए ।  

सम्बन्धित सामग्री

उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’ को आज उद्घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताए । उनले उद्यमीलाई सहयोग गर्नु […]

विमस्टेक ब्यापार सम्मेलन सकेर स्वदेश फर्किए मन्त्री रिजाल

काठमाडौं, ३२ जेठ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल विमस्टेक ब्यापार सम्मेलन सकेर स्वदेश फर्किएका छन् । भारतको कलकत्तामा तीन दिने सम्मेलन सकेर मन्त्री रिजाल आज (बिहीबार) नेपाल फर्किएका हुन् । सम्मेलनमा सहभागिता जनाउने क्रममा मन्त्री रिजालले सन् २०२६ सम्ममा अतिकम विकसित देशको श्रेणीबाट नेपाल स्तरोन्नती गराउँदै विकाशील राष्ट्र बन्न खोजेकाले यसका लागि […]

उद्योग मन्त्री रिजाल र इटालीका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २२ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग इटालीका गैर–आवासीय महामहिम राजदूत भिन्सेन्जो डि लुकाले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानी लगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै कायम रहेको सुखद र […]

उद्योगी व्यापारी आधुनिक बन्नुपर्छ : मन्त्री रिजाल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन्। चितवन उद्योग सङ्घले आजदेखि यहाँ आयोजना गरेको सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटनका क्रममा बोल्दै उनले आधुनिक प्रविधिबाट उद्योग सञ्चालन गर्नुपर्ने बताए । उद्योग र उद्योगीबिना नेपाल बन्न नसक्ने भन्दै उहाँले उद्योग क्षेत्रलाई आधुनिक बनाउनुपर्ने बताएका हुन् । […]

विज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न तयार छौं– उद्योग मन्त्री रिजाल

काठमाडौं, २५ चैत्र। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग व्यवसायको व्यावसायिक हितकालागि सरकार सधै तैयार रहेको बताएका छन् । बर्तमान सरकार मुलुकको अर्थ मजबुद बनाउने दिशातिर उन्मुख भएको भन्दै मन्त्री रिजालले विज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरुलाई सरकार संग सहकार्य गरी अगाडि बढन् आव्हान समेत गरे । राष्ट्रिय विज्ञापन संघ ‘नान’ को प्रारम्भिक […]

विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ : मन्त्री रिजाल

काठमाडौं, २४ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापनसम्बन्धी सरकार नीति बनाएर नै सहयोग गर्ने बताएका छन् । राष्ट्रिय विज्ञापन सङ्घ नेपालको साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानुनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ ।” उनले विज्ञापनको […]

नेपाली सेना अनुशासित र व्यावसायिक : मन्त्री रिजाल

रक्षा मन्त्री डा.मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा.रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गरे ।“राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धर्मराएन”, मन्त्री रिजालले भने, “नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।” सरकार सेनालाई अझ समयानुकूल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा.रिजालको भनाइ थियो ।नेपाली काँग्रेस

नेपाली सेना अनुशासित र व्यावसायिक : मन्त्री रिजाल

महोत्तरी । रक्षा मन्त्री डा मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गर्नुभयो । “राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धरमराएन”, मन्त्री रिजालले भन्नुभयो, “नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।” […]

पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छः मन्त्री रिजाल

धनकुटा, कात्तिक १३। रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिए । सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने उनले बताए । काँग्रेसले […]

पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ : मन्त्री रिजाल

धनकुटा– रक्षामन्त्री तथा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा शुक्रबार नेपाली कांग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिँदै सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने बताए । कांग्रेसले […]