'स्वाभिमान' र 'समृद्धि' को दोहोरो आकांक्षा बीच मान्छे कुनै एउटालाई केन्द्र मान्न तयार छैन । मान्छेले 'सबैको र सबैका लागि स्वाभिमान' रोजेको छ, 'सबैको र सबैका लागि समृद्धि' खोजेको छ । आकांक्षाको यो नयाँ स्तरले मान्छेको सोचको परिदृश्य र राजनीतिको रंगावलीलाई नै फरक बनाउँछ ।