काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले कतिपय सञ्चारमाध्यमले पार्टीले सार्वजनिक गरेको विचारलाई तोडमोड गरेर प्रकाशित/प्रसारित गरेको भन्दै यथार्थ विवरण प्रस्तुत गर्न आग्रह गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापनालाई मसालले ‘विरोध गरेको’ भनेर केही समाधार माध्यमले प्रशारित गरेको प्रति पार्टीले आफ्नो धारणा स्पष्ट पारेको हो ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले पार्टी महामन्त्री मोहनविक्रम सिंहको भनाईलाई तोडमोड गरिएको भन्दै यथार्थ विवरण प्रस्तुत गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसला गरे लगत्तै मसालले सो कदमको स्वागत गर्दै विज्ञप्ति निकालेको थियो भने बिहीबार महामन्त्री सिंहले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पनि संसद पुनर्स्थापनाप्रति आफ्नो पार्टीको समर्थन रहेको स्पष्ट पार्नुभएको थियो ।
यस्तो छ, वक्तव्य
२०७७ फागुन १३ गते बुटवलमा सम्पन्न पत्रकार भेटघाटमा ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहले व्यक्त गरेका धारणाबारे कतिपय पत्रपत्रिका वा सञ्चार माध्यममा प्रकाशित कतिपय भ्रामक समाचारप्रति हाम्रो ध्यान आकर्षित भएको छ । विषयलाई स्पष्ट गर्नका लागि यो स्पष्टीकरण जारी गरिएको छ ।
का. मोहनविक्रम सिंहले पत्रकारहरुसितको भेटघाटमा सर्वोच्व अदालतले संसद पुनर्स्थापनाका पक्षमा दिएको फैसलालाई ने.क.पा.(मसाल)ले स्वागत गरेको बताउनु भएको थियो । त्यसका साथै संसदको विघटनको विरोध र विघटित संसदको पुर्नस्थापनाको पक्षमा संघर्षमा उत्रेका राजनैतिक पार्टी, संघ संस्था, नागरिक समुदाय र जनता समेतलाई धन्यवाद दिनु भएको थियो । सर्वोच्चको फैसलाको लगत्तै उही दिन साँझ दिएको वक्तव्यमा पनि उहाँले त्यही प्रकारको विचार व्यक्त गर्नु भएको थियो र आज बुटवलमा भएको पत्रकारसितको भेटघाटमा पनि त्यही प्रकारको विचार प्रकट गर्नु भएको थियो ।
त्यो अवस्थामा संसदको पुर्नस्थापनालाई गलत भएको भनेर उहाँले बताएको भनी प्रसारित समाचार पुरै नै असत्य र निराधार भएको कुरा हामीले स्पष्ट पार्न चाहन्छौँ । त्यो सन्दर्भमा संसद पुनर्स्थापना भएपनि सबै राजनीति सीधा र सरल प्रकारले अगाडि बढ्न नसक्ने तथा देशको राजनीतिमा नयाँ समस्या र जटिलताहरु पैदा हुन सक्नेतर्फ पनि उहाँले सङ्केत गर्नु भएको थियो । उहाँको जोड यो कुरामा थियो कि नेकपामा फुट भएको हुनाले देशमा कुनै ...