धनगढी : नेपाल वायु सेवा निगमको विमानले सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि निगमको विमानले उडान भर्ने भएको हो।
बेमौसमी वर्षासँगै आएको बाढी-पहिरोले पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले नागरिकलाई सहज रुपमा सेवा दिन निगमका जहाजलाई उडान भर्न मन्त्री आलेले निर्देशन दिएका थिए।
सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट आइतबारदेखि नियमित सेवा सञ्चालन गर्ने निगमका महाप्रबन्ध...