नेपाल एयरलाइन्सले सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्न पाउने गरी ६ गन्तव्यको स्वीकृति पाएको छ । जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति माग गरेकोमा एयरलाइन्सले उक्त स्वीकृति पाएको हो । योसँगै निगमका जहाजले जुलाई महिनामा हप्ताको ६ वटा उडान मार्फत नियमित अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्नेछ । प्राधिकरणको स्वीकृतिअनुसार नेपाल एयरलाइन्सले आइतबार र मंगलबार कतारको दोहा उडान भर्नेछ भने बुधबार दोहा र दिल्ली दुईवटा उडान एकैदिन भर्नेछ ।