पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले छिटै विभिन्न १० अन्तर्राष्ट्रिय गन्तव्यमा थप उडान भर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिट्टै संसारका विभिन्न १० वटा नयाँ गन्तव्यमा थप उडान भर्ने निर्णय गरेको हो ।
निगमका अनुसार आगामी केही दिनमा हाल काठमाडांंै उडान भरिरहेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थाई एयरवेजसँगको सह...