सिन्धुपाल्चोक : जुगल गाँउपालिका–१ लिदीका पहिरोपीडितले करिब ११ महिनामा अस्थायी अवास पाउने भएका छन्। आफ्नो थातथलो छाडेर बाँसखर्कमा त्रिपालमुनि कष्टपूर्ण जीवन गुजारिहेको पीडितहरुले निजी क्षेत्रको सहयोगपछि अस्थायी आवास पाउने भएका हुन्। गत साउन ३० गते लिदीमा बिहान करिब ६ बजे गाउँमाथिबाट झरेको पहिरोले ११ घर पुरिँदा ३९ जनाको मृत्यु भएको थियो। पहिरोले बस्ती नै जोखीममा परेपछि १७२ घर विस्थापित भएका थिए। उनीहरु सोही वडाको बाँसखर्कको खाली जमिनका त्रिपाल हालेर बसिरहेका छन्। हिउँदमा हिमालको सिरेटोक