सिन्धुपाल्चोक : गत वर्ष साउनमा गएको पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीका बासिन्दा स्थायी आवासको पर्खाइमा छन्।उनीहरूले सहयोगका लागि विभिन्न संघसंस्थासँग आग्रह समेत गरिरहेका छन्।पहिरो गएको डेढ वर्ष बित्न लाग्दा समेत उनीहरूले स्थायी आवास पाउन सकेका छैनन्। पहिरोले २९ घर क्षति हुँदा ३९ जनाको ज्यान गएको थियो। बाँकी रहेका घर पनि पहिरोको उच्च जोखिममा छन्।उनीहरू त्यहाँबाट विस्थापित भएर करिब १२० परिवार जुगल–१ को बाँसखर्कमा अस्थायी टहरोमा बसिरहेका छन्। करिब ९० परिवार भने
‘नेपाली सेनाले हामीलाई अस्थाई घरभित्र राखेका छन्, हाम्रो लागि उहाँहरु भगवान नै हुनु भयो’ अस्थाई आवस निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका पीडित निमाछिरीङ दोङले भने,‘पहिरो गएदेखि आजसम्म उहाँहरुको साथ पाएका छौ,अब स्थाई घर पनि उहाँहरुले नै बनाइदिए हुने थियो ।’
जुगल (सिन्धुपाल्चोक) : पहिरो चलेर घरबारविहीन भएको एक वर्षपछि बल्ल फलाम गाडेर जस्ताले घेरिएको अस्थायी आवासमा बस्न पाउँदा निशामाई तामाङ खुशी भएकी छिन्।लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित जुगल हिमालको काखमा रहेको मञ्जु देउराली सामुदायिक वनको चिसो आश्रयस्थलमा एक वर्षपछि न्यानो घर पाउँदा खुशी भएको उनको अनुहारबाटै बुझ्न सकिन्छ। पहिरोले श्रीमान्, छोरा, नाति, नातिनासहित परिवारका आठ सदस्य गुमाएकी तामाङको आलो घाउमा अस्थायी आवासले केही न केही मल्हमपट्टीको काम गरेको छ। जुगल गाउ
सिन्धुपाल्चोक : जुगल गाँउपालिका–२ लिदीमा पहिरोबाट विस्थापित २०९ परिवारमध्ये ३१ परिवारले एक वर्षपछि अस्थायी घर पाएका छन्। विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा प्राप्त सामग्रीबाट नेपाली सेनाले अस्थायी घर निर्माण गरेको हो।२०७७ साउन ३० मा पहिरो झर्दा ३४ वटा घर पुरिएको थियो। घर पुरिँदा ३९ जनाको मृत्यु भएको थियो। पहिरोले गाउँ नै जोखिम भएपछि २०९ परिवार विस्थापित भई जुगल–१ बाँसखर्कमा बसोबास गरिरहेका छन्।बाँसखर्कमा अस्थायी आवास निर्माणका लागि पहिलोपटक सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरु
साउन २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा एक वर्ष अघि गएको पहिरोबाट विस्थापित बनेकाहरुले अस्थायी आवास प्राप्त गरेका छन् ।
७८ लाख २८ हजार ७५३ रुपैयाँ लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ ओटा आवास भवन, ७ ओटा शौचालय, एउटा हेल्थ पोष्ट भवन, एउटा क्यान्टिन र एउटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले बताए । प्रति घर २ लाख ५२ हजार ५३९ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
आइतवार एक कार्यक्रमबीच लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका–१ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणको लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट ५८ लाख २ हजार ४९ रुपैयाँ र विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट २० लाख २६ हजार ६८६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
आवास निर्माण गर्दा २९ लाख ६ हजार ११२ रुपैयाँको २२ हजार ५२५ किलो फलाम, ७ लाख ४३ हजार ८७९ रुपैयाँको ५८ वण्डल जस्तापाता, १ लाख ६८ हजार ३७१ रुपैयाँको २३० बोरा सिमेण्ट प्रयोग गरिएको छ । १ लाख ४८ हजार रुपैयाँको गिटी, १ लाख ८० हजार रुपैयाको बालुवा, २५ हजार ५०० रुपैयाँको ढुंगा, ९६ हजार ५४८ रुपैयाँको इन्धन र ८ लाख ३१ हजार ३८५ रुपैयाँको ढुवानी, टुल्स लगायतमा खर्च भएको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका पालिका अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै स्काभेटरमा ९० हजार रुपैयाँ, झ्याल ढोकामा ४९ हजार २६८, विद्युत तथा शौचालय सामग्रीमा १ लाख ५७ हजार ८७५, मजदूर ज्याला ३ लाख ५५ हजार ७५० र ४९ हजार ३६१ रुपैयाँ खर्च भएको समितिले जानकारी दिएको छ ।
आवास निर्माणको लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले १ लाख २३ हजार ४८८ रुपैयँको ९०८ किलो फलाम र ३ लाख ७१ हजार ६१३ रुपैयाँको २५ वण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सिएरआरसी÷केयर नेपालले २२ हजार ८ सय रुपैयाँको ३० बोरा सिमेन्ट, ७ लाख ६३ हजार ९६० रुपैयाँको ६७ वण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले ७ लाख ४ हजार ८२८ रुपैयाँको ५५ वण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री सहयोग गरेको श्रेष्ठले बताए ।
एक वर्ष पछि अस्थायी भए पनि आवास पाएकोमा पहिरो प्रभावितहरु खुसी भएका छन् । ‘एक वर्षसम्म पालमा बस्दा हामीलाई निक्कै सकस भएको थियो । सुत्केरी, बालबालिका, बृद्धबृद्धालाई समस्या थियो’, पहिरो प्रभावित सावित्री तामाङले भनिन् ‘अहिले हामीले अस्थायी आवास पाएका छौं, यसले हामीलाई केहि मात्रामा भएपनि खुसी दिएको छ ।’ अब बाँकी ११८ घर परिवारलाई नै आवासको लागि स्थानीय सरकारले प्रयत्न गर्नुपर्नेमा उनले जोड दिइन् ।
स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासको लागि प्रयत्न भइरहेको स्थानीय सरकारले जनाएको छ । ‘लिदीका २०८ घरधुरीसहित २५७ विपद् प्रभावितहरुसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया शुरु भइसकेको छ’, जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले भने ।
२०७७ साउन ३० गते गएको पहिरोमा २०९ घरघुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्ण क्षति भएको थियो ।
सिन्धुपाल्चोक : जुगल गाँउपालिका–१ लिदीका पहिरोपीडितले करिब ११ महिनामा अस्थायी अवास पाउने भएका छन्। आफ्नो थातथलो छाडेर बाँसखर्कमा त्रिपालमुनि कष्टपूर्ण जीवन गुजारिहेको पीडितहरुले निजी क्षेत्रको सहयोगपछि अस्थायी आवास पाउने भएका हुन्। गत साउन ३० गते लिदीमा बिहान करिब ६ बजे गाउँमाथिबाट झरेको पहिरोले ११ घर पुरिँदा ३९ जनाको मृत्यु भएको थियो। पहिरोले बस्ती नै जोखीममा परेपछि १७२ घर विस्थापित भएका थिए। उनीहरु सोही वडाको बाँसखर्कको खाली जमिनका त्रिपाल हालेर बसिरहेका छन्। हिउँदमा हिमालको सिरेटोक
अविरल वर्षासँगै शुक्रबार बिहान पहिरोले जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँका ३७ घर पुरेको थियो। पहिरोमा ३९ बेपत्ता भएका थिए। घटना भएकै दिन बेपत्ता भएकामध्ये ११ को शव भेटिएको थियो। शनिबार थप सात जनाको शव फेला परेको थियो।
काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान झरेको पहिरोले एउटा बस्ती नै सखाप पार्यो। ३७ घर ध्वस्त भयो, पहिरोमा बेपत्ता भएको ३९ मध्ये अहिलेसम्म २२ जनाको शव भेटिएको छ। अन्यको १७ को खोजीकार्य अझै जारी छ।
लिदीमा पहिरो गएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ। सो क्षेत्रका स्थानीयवासीले ...
काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ गोल्चे, लिदीमा बस्ती माथिबाट गएको पहिरोले त्यहाँका ३७ घर ध्वस्त पारेको पछि विभिन्न टिकाटिप्पणी भइरहेको छ।
भूकम्पका कारण जोखिममा रहेको उक्त बस्ती सार्नका लागि गाउँलेले सरकारलाई पटक पटक भने पनि सरकारले सुनुवाई नगरेको देखिएको छ। तर, अहिले यही विषयमा भूकम्प पछि गठित पुनःन...
काठमाण्डौ - सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा पहिरोमा परेर हराइरहेकाहरुको खोजी सुरु गरिएको छ।
हिजो दिनभरि खोजी गर्दा नभेटिएका २८ जनाको खोजी थालिएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।
हिजो बिहान खसेको पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किँदा हराएकामध्ये...