दोब्बर भाडा असुल्नेलाई कारबाही, यात्रुको भाडा यसरी भयो फिर्ता
दसैँका वेला घर फर्कनेहरुको घुइँचो अहिले पनि छ । यही मौका छोपी यात्रुसँग दोब्बर भाडा असुली भइरहेको छ । तर, अधिकांश यात्रुले आफू ठगिएको सूचना राज्यका निकायलाई दिँदैनन् । जसका...
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारसँग चर्को हवाई भाडा लिइँदै आएको खुलासा भएको छ । अहिले ईपीएसमार्फत सोमबार र बुधबार गरी सातामा दुई दिन नेपाली कामदार कोरिया गइरहेका छन् । नेपालीहरूलाई कोरिया लगिरहेको कोरियन एयरले चर्को हवाई भाडा लिएको हो ।बुधबार कोरिया गएका एक नेपाली कामदारले १ लाख ५९ हजार ५०५ रूपैयाँ हवाई भाडा तिरेर कोरिया गएको बताए । केही समय पहिले उनका दाइले ६५ हजार रुपैयाँ हवाई भाडा तिरेर कोरिया गएका थिए । दोब्बरभन्दा बढी शुल्क तिर्नुपरेको उनको गुनासो छ ।नेप
जुम्ला– अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठुलो क्षति भएको छ । ठाउँठाउँमा गएको पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग खुलाउन लागि सबै निकाय लागेका छन् । यद्यपि, राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन लामो समय लाग्ने प्रष्ट छ । यही मौका छोपेर निजी वायु सेवा कम्पनीहरूले भने मनलाग्दी भाडा असुली रहेका छन् । अहिले […]
अर्घाखाँची । अर्घाखाँचीमा चाडबाडको मौका पारी सवारी साधनले करिब दोब्बर भाडा लिने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय ठाडाले सवारी चेकजाँच गर्दा तोकिएको भन्दा बढी भाडा लिएको पाइएको हाे । गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका वडा नम्बर ३ मा चेकजाँच गर्ने क्रममा बुटवलबाट सन्धिखर्क आउने ३० जना यात्रुसँग करिब दोब्बर भाडा लिएको पाएको […]
मेलापर्वमा यात्रुको चापको फाईदा उठाएर तोकिएभन्दा बढी भाडा उठाएपछी ईलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक पोष्ट ठाडाको टोलीले चेकजाँच गरेर भाडा फिर्ता गराएको हो । बढी भाडा तिरेका ३५ जना यात्रुको भाडा फिर्ता गराईएको, मौकाको फाईदा उठाउने तथा भाडादरको लिस्ट न...
मुगु– मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगञ्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका छन् । खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी छ । मुगुदेखि नेपालगञ्ज जान प्रतिव्यक्ति ६ […]
धनगढी : कैलालीबाट आइतबार विहान लक्ष्मी भण्डारी बैतडी जानका लागि अत्तरिया बसपार्क पुगिन्।दसैँ मनाउनकै लागि तराईबाट पहाड घर गइरहेकी भण्डारी दुई नाबालकसहित गाडीको खोजीमा थिइन्। तर, दसैंको बेला भन्दै अधिकांश यातायात व्यवसायीले भने उनलाई दोब्बर भाडा लाग्ने बताइरहेका थिए।अत्तरियादेखि बैतडीको खोचलेक जान ८ सय भाडा दर कायम छ। तर, लक्ष्मीसँग भने यातायात व्यवसायीले २ हजार मागिरहेका थिए।उनले भनिन्, ‘दुई साना बच्चा साथमा छन्, त्यति धेरै पैसा पनि बोकेको छैन। पहिले त हामी ६ सयमा घरै पुग्थ्यौं।
काठमाडौ : सिन्धुपाल्चोक मेलम्ची घर भएकी १९ वर्षीया नीशाले काठमाडौं फर्किदा चार सय रुपैयाँ भाडा तिरिन्। गत बैशाख पहिलो साता मेलम्ची जाँदा उनले एक सय ९० रुपैयाँ तिरेकी थिइन्। बस चढ्ने बेलामा सहचालकले बस भाडा बढेको छ,एक जनाको चार सय तिर्ने भए हिँड्नुस् पछि किचकिच गर्न पाइँदैन भनेकाे उनले सुनाइन्। जसरी पनि आउनै पर्ने भएकाले दोब्बर भाडा तिर्न तयार हुनु परेकाे उनले बाध्यता सुनाइन्।नीशाले भनिन्,‘परीक्षा तालिका सार्वजनिक भयो, काठमाडौं आउनै पर्ने भएकाले दोब्बर भाडा तिरेर आएँ। सरकार