काठमाण्डाै – 'क' वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले पालिकाको खाताको ८० प्रतिशतसम्म रकम निक्षेपका रूपमा राख्न पाउने भएका छन् । बैंकहरूमा लगानीयोग्य रकम अर्थात् तरलता अभाव बढ्दै गएपछि अर्थ मन्त्रालयले पालिकाको खातामा रहेको ८० प्रतिशतसम्म रकम बैंकले निक्षेपका रूपमा राख्न पाउने निर्णय गरेको हो ।यो नियम कार्यान्वयनका लागि अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालय र राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छ । यसअघि पालिकाको कोषमा रहेको रकमको ५० प्रतिशत रकम मात्रै वाणिज्य बैंकहरूले राख्न पाउनेमा बढाएर ८० प्रतिशत पुर्य...