काठमाण्डाै – पर्यटन विभागले हिमाल आरोहणका लागि गएका कुनै पनि आरोही, पर्वतीय पथ प्रदर्शक र अन्य सहयोगी अप्ठ्यारोमा नपरेको र उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । विभिन्न सञ्चारमाध्यममा आरोहीहरू अप्ठ्यारोमा परेका र तत्काल उद्धार गर्नुपर्ने भन्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले यस्तो बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखाले शुक्रवार विज्ञप्ति नै निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न ...