पर्यटक आगमन सहज तुल्याउन पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह

होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान) ले पर्यटक आगमनलाई सहज तुल्याउन र आतिथ्य सेवालाई चुस्त तथा प्रभावकारी बनाउन पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह गरेको छ । सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले दुवै विभागका महानिर्देशकलाई अलग–अलग भेट गरी कोभिड–१९ महामारीपछि पर्यटन आगमन बढिरहेको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमणप्रतिको …