भारतले ३६४ मेगावाटका ६ आयोजनालाई विद्युत् विक्रीको अनुमति दिंदा माथिल्लो तामाकोशी किन अटाएन ?

काठमाडौं  । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारमा थप ३२५ मेगावाट विद्युत् निर्यात गर्न पाउने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई उक्त क्षमता बराबर बिजुली आफ्नो बजारमा विक्री गर्न अनुमति दिएको हो ।  नेपाल विद्युत् प्राधिकरणले यसअघि गत कात्तिकमै ३९ मेगावाट विद्युत् भारतमा विक्री गर्न अनुमति पाइसकेको छ । अहिले थप ३२५ मेगावाटको अनुमति पाएसँगै उसले भारतीय बजारमा कुल ३६४ मेगावाट विद्युत् विक्री गर्ने पाउने पक्का भएको छ ।  अब प्राधिकरणले वर्षामा उक्त परिमाण बराबरको विद्युत् भारत निर्यात गर्नेछ । स्वदेशी उत्पादन कम भएका कारण अहिले प्राधिकरणले भारतबाटै बिजुली आयात गरिरहेको छ ।  अनुमति प्राप्त आयोजनाहरू कालीगण्डकी ए (१४० मेगावाट) मर्स्याङ्दी (६८ मेगावाट) मध्यमर्स्याङ्दी (६७ मेगावाट)  लिखु–४ (५१ मेगावाट) त्रिशूली (२३.५ मेगावाट) देवीघाट (१४.४५ मेगावाट)   प्राधिकरणले पछिल्लोपटक चार जलविद्युत् आयोजनालाई स्रोत मानेर उक्त बराबरको विद्युत् विक्री गर्ने अनुमति पाएको हो । कालीगण्डकी-ए को १४० मेगावाट, मर्स्याङ्दीको ६७ मेगावाट, मध्यमर्स्याङ्दीको ६८ मेगावाट र लिखुको ५० मेगावाट बिजुलीलाई स्रोत मानेर प्राधिकरणले उक्त परिमाणमा भारत निकासी गर्न पाउने छ । प्राधिकरणले यसअघि त्रिशूलीको २५ र देवीघाटको १४ गरी ३९ मेगावाट विद्युत् भारतमा विक्री गर्न अनुमति पाएको थियो । शुरूमा भारत सरकारले निर्माण गरिदिएका आयोजनाको मात्रै बिजुली किनेको भारतले अहिले दातृ निकायको सहयोगमा नेपाल सरकारले निर्माण गरेका आयोजनालाई स्वीकृति दिएको छ । तर नेपालले शुरुमै विद्युत् निर्यात गर्न चाहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत् निर्यातका लागि भने भारतले अहिले पनि स्वीकृति दिएको छैन । किन रोकियो तामाकोशीको स्वीकृति ?   प्राधिकरणले विभिन्न आयोजनालाई स्रोत मानेर विद्युत् विक्रीका लागि भारतमा आवेदन दिएको थियो । त्यसमध्ये भारतले हाललाई उक्त आयोजनाको बिजुली विक्री गर्न स्वीकृति दिएको हो । माथिल्लो तामाकोशीलगायत आयोजना भने स्वीकृतिको चरणमा रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।  ‘माथिल्लो तामाकोशीलगायत आयोजनाको बिजुली पनि स्वीकृति हुने चरणमा छन् । भारतले मागेअनुसारको कागजपत्र पेश गरिसकेका छौं,’ उनले भने, ‘आवश्यक डकुमेन्ट तथा प्रक्रिया पुगेपछि पेन्डिङमा रहेका निवेदन पनि स्वीकृत हुनेछन् ।’ तर भारतीय अधिकारीहरूको मनसाय भने चिनियाँ कम्पनी संग्लग्न रहेका कुनैपनि आयोजनाको विद्युत खरीद नगर्ने रहेको बताइन्छ । माथिल्लो तामाकोशीमा सिभिल तर्फको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको थियो ।  हालै सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा नेपालमा बढी हुने बिजुली भारतले किन्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार भारतले पछिल्लो स्वीकृति दिएको बताइएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका बेला भएको ऊर्जासम्बन्धी सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको भनाइ छ ।  ‘प्रधानमन्त्रीको भारत भ्रमणका बेला विद्युत् उत्पादन, प्रसारण लाइन र विद्युत् व्यापारमा केन्द्रित भएर भिजन पेपर नै तयार गरिएको थियो । त्यसमध्येको विद्युत् व्यापारसम्बन्धी सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,’ बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘यो आफैमा महत्त्वपूर्ण छ । तर, हामीलाई अझै ठूलो बजार चाहिएको छ । तसर्थ, भारत भ्रमणमा भएको सहमतिअनुसार बीबीआईएन (बंगलादेश–भुटान–इन्डिया–नेपाल) मोडलमा विद्युत् बजार बढाउँदै जान हामी प्रयत्नशील हुनेछौं ।’ ऊर्जासचिव देवेन्द्र कार्कीले विद्युत् विक्रीको अनुमति पाउनु आफैमा ठूलो उपलब्धि भएको बताए । ‘हाम्रो पहिलो प्राथमिकता स्वदेशी खपत बढाउने नै हो । त्यससँगै क्षेत्रीय रूपमा बजार विस्तार गर्नु पनि हो,’ उनले भने, ‘अहिले भारतको उक्त निर्णयले बजारको सुनिश्चितता बढेको छ । यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्छ ।’ यससँगै अब नेपालमा विद्युत् खेर जाने अवस्था अन्त्य हुने देखिएको छ । अहिले प्राधिकरणले भारतबाटै विद्युत् आयात गरेर स्वदेशी माग धानिरहेको छ । तर, वर्षामा मागभन्दा बढी उत्पादन हुँदा खेर जाने गरेको छ । गएको वर्षामा ५०० मेगावाट विद्युत् खेर गएको थियो । तर, आगामी वर्ष खेर जाने अवस्था नआउने प्राधिकर निर्देशक घिसिङ बताउँछन् ।  ‘अहिले राष्ट्रिय प्रसारण लाइनमा विद्युत्को कुल जडितक्षमता २१ सय मेगावाट हाराहारी छ । असारसम्म त्यो बढेर २३ सय मेगावाट पुग्छ,’ उनले भने,’ ‘खपततर्फ हेर्ने हो भने, अहिले माग १५/१६ सय मेगावाट वरिपरि भए पनि असारसम्म त्यो २ हजार मेगावाट हारहारी पुग्छ । किनभने हामीले औद्योगिक क्षेत्रलाई थप ६०० मेगावाट बिजुली दिने सम्झौता र तयारी गरिसकेका छौं । त्यस अवस्थामा ३६४ मेगावाट बिजुली भारत निर्यात गर्दा खेर जाने अवस्था हुँदैन ।’ घिसिङले अर्को वर्षदेखि विद्युत् व्यापारमा नेपालले खुद नाफा कमाउने बताए । ‘अहिले वर्षामा निर्यात गरिने बिजुलीभन्दा हिउँदमा आयात गर्ने बढी छ । तर, अर्को वर्षदेखि त्यस्तो हुँदैन,’ उनले भने, ‘अब भारतसँगको विद्युत् व्यापारमा हामी खुद नाफामा जाँदै छौं । भारतले गरेको उक्त निर्णय विद्युत् व्यापारका लागि ऐतिहासिक छ ।’ पीपीए चाँडै खोल्छौं : ऊर्जामन्त्री भुसाल ऊर्जामन्त्री भुसालले पत्रकार सम्मेलनमा विद्युत् बजारको सुनिश्चितता बढेको भन्दै रोकिएको नदी प्रवाह आयोजना (आरओआर) को ऊर्जा खरीद सम्झौता (पीपीए) खुलाउने संकेत गरिन् । ‘हाम्रो ऊर्जा मिश्रण नीतिअनुसार विद्युत् उत्पादन नहुने देखियो । तसर्थ, जलाशययुक्त आयोजनालाई छुट्ट्याएको कोटा घटाएर आरओआर आयोजनाको कोटा बढाउने गरी प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भनिन् । सरकारले २०८५ भित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसमा आरओआर आयोजनाको अंश ३० प्रतिशत हुने व्यवस्था छ । त्यसअनुसारको कोटा पुगेको भन्दै प्राधिकरणले झन्डै ३ वर्षदेखि पीपीए रोकेको छ । अब त्यसलाई छिट्टै खुलाउने मन्त्री भुसालले बताइन् ।

सम्बन्धित सामग्री

हकप्रद सेयरको आवेदन खोल्दै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

दोलखा, भदौ १ । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन गर्न लागेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत […]

माथिल्लो तामाकोशी एक साता बन्द हुने

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो । दीपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको नियमित परीक्षणका लागि बिजुली उत्पादन बन्द गर्न लागिएको हो । आयोजनाले यही कात्तिक ७ गते रातिदेखि जलाशयको पानी घटाउने भएको छ । पानी घटाउँदा तल्लो तटीय क्षे

माथिल्लो तामाकोशी एक साता बन्द हुने

काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो ।  दिपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको […]

प्रधानमन्त्री देउवाद्वारा माथिल्लो तामाकोशी आयोजना निरीक्षण (फोटोफिचर)

दोलखा, ५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल शनिबार दोलखामा माथिल्लो तामाकोशी आयोजनाको निरीक्षण गर्दै । तस्वीरः रोशन सापकोटा, रासस

माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

काठमाडौं , ५ चैत : प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् । देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् । त्यसपछि खिम्ती जलविधुत आयोजनाको अवलोकन पनि आजै प्रधानमन्त्री देउवाले गर्ने उनको सचिवालयले जनाएको छ । माथिल्लो तामाकोशी र […]

माथिल्लो तामाकोशी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले आत्मविश्वास बढाएको छ : प्रम

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् । कूल ४५६ मेगावाट क्षमताको

सोमबारदेखि बल्दै माथिल्लो तामाकोशी

काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सोमबारदेखि बिजुली उत्पादन सुरु गर्ने भएको छ। कुल ४५६ मेगावाट क्षमताको परियोजनाले पहिलोपटक युनिटबाट बिजुली उत्पादन गर्ने भएको हो। सो आयोजनाको सोमबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। आयोजनाको पहिलो युनिटको क्षमता ७६मेगावाट रहेको छ। आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो।

जोखिममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना

काठमाडौं। तिब्बतमा गएको पहिरोले तामाकोशी नदी थुनिँदा माथिल्लो तामाकोशी जलविद्युत आयोजना जोखिममा परेको छ। थुनिएको नदी फुटेर बाढीको रुपमा आएमा आयोजनाको जोखिम थप बढ्ने छ। आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आफूहरुले उच्च सतर्कता अपनाइरहेको देखापढीलाई जानकारी दिए। उनले भने, "हामीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजनाको ड्याम खाली गरिसकेका छौं।"