मुम्बई । फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ अभिनेत्री दिशा पटानी २९ बर्ष पुगेकी छन् । आज आइतबार आफ्नो जन्मदिन मनाइरहेकी दिशा उत्तरप्रदेश बरेलीमा जन्मिएकी हुन् । पढाइ समेत राम्रो भएको कारण उनी साइन्टिस्ट बन्ने सपना देख्थिन् । २०११ मा लखनउको एमिटी युनिभर्सिटीबाट बायोटेक अध्ययनको क्रममा उनले मोडलिङ सुरु गरेकी थिइन् ।कलेजको फेयरवेल पार्टीमा उनी मिस कलेज छानिएकी थिइन् । यसपछि उनले मिस लखनउ प्रतियोगितामा पनि भाग लिइन् । मिस लखनउ भएपछि उनी एक मोडल प्रतियोगितामा पनि फष्ट रनरअफ भइन् ।