झापा :अर्जुनधारामा निर्माणाधीन कृषि बजारको सटरमा स्थानीयवासीले ताला लगाएका छन्। अर्जुनधारा– ८ स्थित निर्माणाधीन कृषि बजारको सटरभित्र यौन क्रियाकलाप र लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गएको जनगुनासो बढेपछि स्थानीयवासीले बिहीबार सटरहरूमा ताला लगाएका हुन्।स्थानीयले ७७ वटा सटर र २ वटा शौचालयमा ताला लगाएका छन्। सटरमा ताला लगाएर चावी स्थानीयले अर्जुनधारा–८ का वडा अध्यक्ष गोपीचन्द्र गौतमलाई बुझाएका छन्।स्थानीय पत्रकार कुमार भट्टराईले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो विकृतिको बारेमा सामाजि