सिमकोट– हुम्लाको सर्केगार्ड गाउँपालिकामा बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले ताला लगाएका छन्। बढेको तलब नदिएको भन्दै उनीहरुले गाउँपालिकामा ताला लगाएका हुन्। प्रगति प्राविकी सहजकर्ता रुप्सी छत्यालले गाउँपालिका बालविकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको जानकारी दिइन्। यस्तै दुधकण्ड प्रावि रोडिकोटका बालविकासका सहजकर्ता हाँसबहादुर छत्यालले गाउँपालिकाले वृद्धि भएको […]