पुनर्निर्माणको बाँकी काम समयमै सकाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारकोे बैठकले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानीलगायतका संरचनाको उल्लेखनीय काम गरेको भन्दै बाँकी कामका लागि आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देश गरेको हो ।    हालसम्म निर्माण भएका संरचनाको संरक्षणका लागि स्रोत सुनिश्चित गर्न प्राधिकरण र सरकारलाई निर्देशन दिइएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले एकातिर कोभिडको असर र अर्कातिर राजनीतिक परिवर्तनले प्रभाव पार्दापार्दै पनि प्राधिकरणले राम्रो प्रगति हासिल गरेको बताइन् ।    प्राधिकरणको स्थापना भएर अहिलेसम्म स्थानीय सामाजिक समस्या, आर्थिक समस्या, जनशक्तिको समस्या र निर्माणका लागि आवश्यक सामग्रीको समस्या हल गर्दै अघि बढिरहेको उनको भनाइ छ । खड्काले भनिन्, ‘अब बाँकी काम कसरी पूरा गर्ने र निर्माण भएका संरचनाको दिगोपनाका विषयमा सोच्न जरुरी छ ।’    समितिका सदस्य यज्ञराज सुनुवारले प्राधिकरणले तीन पुस्ता धान्ने गरी विद्यालय निर्माण गरेको र निजी आवास निर्माणमा पनि सफलता हासिल गरेको उल्लेख गरे । कतिपय स्थानमा अझै पनि गुनासो सम्बोधन हुन बाँकी रहेकाले त्यसलाई चाँडो टुंगोमा पु¥याउनुपर्नेमा उनले जोड दिए । समितिका सदस्य केदार सिग्देलले प्राधिकरणले असहज परिस्थितिमा पनि उल्लेखीय काम गरेको औंल्याउँदै एकीकृत बस्तीको बाँकी काम चाँडो टुंगोमा पुर्‍याउनुपर्ने बताए । समितिका सदस्य बिनाकुमारी श्रेष्ठले भूकम्पपछि कतिपय स्थानका बासिन्दालाई स्थानान्तरण गरेर सुरक्षित आवास निर्माण गरिएकाबाट सिकेर अहिले बाढीपहिराको कारण विस्थापितलाई पुनःस्थापित गराउनुपर्ने धारणा राखिन् ।    समितिका सदस्य गजेन्द्रबहादुर महतले धरहरा बाहिर बनेको देखिए पनि भित्री काम बाँकी रहेकाले त्यो चाँडो पूरा गर्नुपर्नेमा जोड दिए । निजी आवास निर्माणमा पहुँच भएका व्यक्तिको चाँडो र नभएकाको ढिलाइ भएको पाइएको उनको भनाइ छ । समितिका सदस्य टेकबहादुर बस्नेतले कतिपय राष्ट्रिय गौरवका आयोजना २० वर्षसम्म पूरा नभएकामा पुनर्निर्माण छ वर्षमा यो उपलब्धि हुनु महत्वपूर्ण भएको सुनाए ।    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको थपिएको अवधि सकिँदासम्म निजी आवास निर्माण शतप्रतिशत सम्पन्न हुने जानकारी दिए । कोभिडको त्रासले धरहरा नागरिकका लागि खुला नगरिएको उनको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमै अहिले पहिरोको समस्या पनि देखिइरहेको उनले बताए । उनले भने, ‘पहिले जुरे क्षेत्र र अहिले मेलम्ची क्षेत्रमा देखिएको समस्या समाधानको काम अब विपद् व्यवस्थापन प्राधिकरणमार्फत अघि बढ्नेछ ।’ रासस

सम्बन्धित सामग्री

विकास आयोजनाका काम समयमै सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाको निर्देशन

लुम्बिनी, १४ पुस । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ । उपमहानगरपालिकाको शुक्रबार सम्पन्न १४औँ नगरसभा अधिवेशनले अर्धवार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता निर्धारण गर्दै सोहीअनुसार नीति तथा कार्यक्रम पारित गरेको छ । नगरसभाले […]

समयमै काम समपन्न गर्न निर्माण व्यवसायीलाई मन्त्री पाण्डेको निर्देशन

सहरी विकास मन्त्री विक्रम पाण्डेले समयमै काम समपन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।...

समयमै काम पूरा गर्न कर्मचारीलाई निर्देशन

इलाम । प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले सरकारले लिएका लक्ष्य समयमै पूरा हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । कृषि ज्ञान केन्द्र इलामको कार्यालय निरीक्षण गर्ने क्रममा वार्षिक कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री मगरले स्थानीय तहसँगको समन्वयमा चाँडो काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । ईलाममा व्यवसायिक कृषि उपज उत्पादन र पशुपालन […]

द्रुतमार्गको काम निर्धारित समयमै सक्न निर्देशन

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।सोमबार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निस्कर्ष निकालेको छ । समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरू हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि ठोस […]

तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तोकिएको काम समयमै सक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छिन् । मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले नीतिगत र कानुनी समस्या भएमा समाधानका लागि जानकारी गराउन समेत निर्देशन दिएकी छिन् ।‘यो वा त्यो बहाना देखाएर काम पन्छाउने वा भाग्न पाइँदैन । भूमि सम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजना अनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्नुपर्छ,’ उनले भनिन् । बैठकम

काम नगर्ने ठेकेदारलाई थुन्न मन्त्री झाँक्रीको निर्देशन

गुल्मी : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समयमा काम नगर्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी छन्।जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको सरकारी कार्यालयका कार्यालय प्रमुखहरूसँगको कार्यक्रममा उनले कामको जिम्मा लिने र समयमै काम नसक्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी हुन्।ठेकेदारकै कारण देशका ठूलाठूला विकास निर्माणका काम अलपत्र परेको भन्दै ठेकेदारहरू नसुधारिएसम्म द्रुत गतिमा विकास नहुने उनले दाबी गरिन्।ठेकेदारहरूले धेरै कामको जिम्मा लिने र समयमा काम पनि नसक्ने र गुणस्तरीय पनि नहुने गरेको बताइन्।सब

निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन

राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको बसन्तपुर–म्याङलुङ खण्डको काम जतिसक्दो चाँडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निर्माण कम्पनीलाई निर्देशन दिएका छन । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला बीचको छलफलको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समय भित्रमा सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।तोकिएको समयभित्र जिल्लामा निर्माणाधीन […]

समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ।

नारायणघाट–बुटवल सडक खण्डकाे काम समयमै सक्न संसदीय समितिकाे निर्देशन

काठमाण्डाै – संसदीय समितिले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतकाे विकास तथा प्रविधि समितिको शुक्रवार बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम तोकिएको समयभित्रै सम्पन्न हुने गरी सुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । पूर्वतयारी विना काम अगाडि बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पूरा गरी तोकिएकै समयभित्र निर्माण ...