काठमाडौं, मंसिर २३ । राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार छनोट गर्नुपर्नेछ । आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको सहायक निर्वाचन अधिकृतसमेत रहका सहसचिव यज्ञप्रसाद भट्टराईले राजनीतिक दललाई शनिबार कार्यालय समयभित्र छनोट भएका उम्मेदवारको सूची बुझाउन आग्रह […]