उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिनसम्म पनि धेरैजसो राजनीतिक दलहरुले आफ्नो उम्मेदवार छान्न सकेका छैनन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सवै राजनीतिक दलहरु निर्वाचन घोषणा भएदेखि नै आ–आफ्नो पार्टीका उम्मेदवारको खोजीमा जुटेपनि आकांक्षीहरुको व्यवस्थापन र विपक्षीले बनाउने रणनीतिलाई मध्यनजर गर्दै अन्तिम समयमा मात्रै निर्णयमा पुग्ने भएका हुन् ।निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन गर्ने समयसीमा तोकेको र समय नजिकिएका कारण पनि दलहरु आफ्नो पार्टीभित्र उक्त समय सीमाभित्र उम्म