३०% हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन शिखर इन्स्योरेन्सको २६ करोड ८० लाखको शेयर कारोबार

माघ २०, काठमाडौं । ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको रू. २६ करोड ८० लाख ६८ हजार बराबरको १ लाख ३४ हजार ४५२ कित्ता शेयर कारोबार भएको छ ।  ६० दिनभित्रको कारोबारमा बिहीवारनै कम्पनीको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको हो । कारोबार रकम बढेको यो दिन कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ११ ले घटेर अन्तिम मूल्य रू. १ हजार ९८६ कायम भएको छ । हालसम्म हकप्रद शेयर निष्कासनको मिति तय नगरेको कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि माघ २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले माघ ६ गते हकप्रद शेयर निष्कासनको लागि कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिइसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजारको आधारमा १० बराबर ३ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।  सो अनुपातको आधारमा कम्पनीले रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ ।  २०६१ साल कात्तिक २६ गतेदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले तेस्रो पटक हकप्रद शेयर विक्री गर्न लागेको हो । यसअघि २०७० साल चैतमा ५० प्रतिशत र २०७६ साल चैतमा पनि कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।  कम्पनीले पहिलो पटक रू. १७ करोड ५० लाख चुक्तापूँजीको अधारमा ५० प्रतिशत र दोस्रो चरणमा रू. १ अर्ब ५ करोड ७३ लाख १० हजारको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । 

सम्बन्धित सामग्री

नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो

काठमाडाैँ – शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन […]

शेयर कारोबार हुने साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलव शून्य नौ अंकले उकालो लागेर दुई हजार एक सय ४३ दशमलव ९३ मा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५१ अंकले उकालो लागेर चार […]

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७.२६ अङ्कले ओरालो लागेर दुई हजार १७.४६ मा ओर्लिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको समाचार सार्वजनिक भए पनि बजारले त्यसलाई स्वीकार नगरेको पाइएको छ । यस्तै, […]

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक […]

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.९४ अङ्कले ओरालो लागेर दुई हजार ७३२.५१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले घटेर ५१८.६४ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै […]

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने ८ अर्ब

शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १४.६० अंकले घटेको छ । नेप्से परिसूचक ०.५० अंकले घटेर २८७६.७४ विन्दूमा पुगेको छ । आज शेयर बजारमा २२४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयरको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको उल्लेख छ ।   बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने कमाएका छन् । यसको शेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पनि ९ प्रतिशत भन्दा बढीले क...

दशैँ विदा अगाडी शेयर कारोबार हुने आज अन्तिम दिन

दशैँ विदा अगाडी आज अन्तिम पटक शेयर कारोबार हुदै छ  । सरकारले दशैँको लागि भोलि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक विदा दिएको छ  । सोहि कारण दशैँ विदा अघिको अन्तिम शेयर कारोबार आज असोज २५ गते हुन लागेको हो।आज असोज २१ गते शेयर कारोबार बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो ।सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म मात्र विदा दिएको छ । यस संगै असोज २६ देखि असोज ३० गतेसम्म शेयर कारोबार बन्द रहने छ ।दशैँपछिको पहिलो शेयर कारोबार असोज ३१ गते सोमबार हुने छ ।

साताको अन्तिम दिन शेयर बजार राताम्मे

काठमाडौँ । साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको शेयर बजार १२ बजेसम्म करिब ६९ अङ्कले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फन्ड र एउटा डिबेञ्चर भने बढेको छ । […]

नेप्सेमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले घटेको छ । लगातार नयाँ–नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने हप्ताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर ३ हजार ७९.८३ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ मा ओर्लेको छ ।  कूल २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँमा कारोबार भयो । बि...