काठमाडौं : सरकारले दशैंतिहारका लागि सहुलियत पसल संचालनमा ल्याउने भएको छ। दशैंतिहारमा उपभोक्तालाई सहुलियतमा अत्यावश्यक खाद्यान्न पुर्याउने उदेश्यले सहुलियत पसल संचालनमा ल्याउन लागिएको हो।
हरेक वर्षजस्तै सहुलियत पसलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम विनियोजन गरेको छ। मन्त्रालय स्रोतका अनुसार सहुलियत पसलका लागि मन्त्रालयले करिब ४ करोड रुपैयाँ विनियोजन गर्दैछ। यही रकमबाट…