सरकारले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियतपूर्ण पसल सञ्चालनमा आउने भएको हो । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा आउने सहुलियतपूर्ण पसल ३९ जिल्लाका ४३ स्थानमा सञ्चालन हुनेछन् । ती पसलमा छुटमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।असोज १ गतेदेखि सञ्चालनमा आउने सहुलियतपूर्ण पसल कात्तिक २४ गतेसम्म चल