चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालन : बढीमा ५० रुपैयाँसम्म छुट, चिनी र घिउ छैन

काठमाण्डाै - दशैँ/तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालन भएका छन् । आजदेखि खुलेका सहुलियत पसल आउँदो कार्तिक १५ गतेसम्म चल्नेछन् । देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यी सुपथ पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूधजन्य वस्तुको बिक्रीवितरण हुनेछ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी)बाट एकीकृत रुपमा सुपथ पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । काठमाण्डौ उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापा...

सम्बन्धित सामग्री

आजदेखि सहुलियत पसल, बढीमा ५० रुपैयाँसम्म छुट

दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तु हुन्, चिनी र घिउ । तर यिनै वस्तु नराखी सरकारले असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । यी पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्तुमा छुट दिने निर्णय भइसकेको छ । तर, शनिबारदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।