गुलरिया : धान तथा गहुँको कारोबार गर्छु भन्ने विश्वास दिलाई ३७ लाख ४७ हजार ५८५ रुपैयाँ ठगी फरार रहेका २ व्यक्तिलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।कैलालीको टीकापुर नगरपालिका वडा नं ४ अस्नेरी बस्ने ललित खड्का र जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ३ मदनचोक बस्ने महेश रोकायालाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।पक्राउ परेका दुवैजनाविरुद्ध ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।