मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले १० बर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले साढे ८ करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेखले पुल निर्माणको जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिलाई जरिवाना गर्दै ठेक्का तोडेको हो ।