ठेकेदारको ढिलासुस्तीको कारण मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्याङ दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको पुल अलपत्र परेको छ । निर्माण कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिला सुस्तीले तीन वर्षदेखि पुल निर्माण अलपत्र परेको हो । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोडने १५ मिटर लामो पुल २०७५ असारमै निर्माण सम्पनन हुनुपर्ने हो । तर दुई किनारमा पिलर ठड्याएको मात्र छ […]