महाकालीबाट बालुवा उत्खननमा रोक

दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारबाट बालुवा निकाल्न रोक लगाइएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले तटबन्धको छेउछाउबाट बालुवा झिक्ने काम नगर्न सूचना जारी गरेको छ । नदी नियन्त्रण आयोजनाले पटकपटक तटबन्धको संरचना क्षेत्रबाट मनोमानी ढंगले बालुवा थुपार्ने, ढुङ्गा गिट्टी उत्खनन गर्ने÷गराउने काम नगर्न अनुरोध गरेपनि नदी जन्य स्रोतको दोहन रोकिएको छैन् । जेसेवि, एस्काइभेटर र ट्याक्टरहरु नदी किनार सम्म लगेर बालुवा थुपार्ने, ढुङ्गा गिट्टी उत्खनन गर्ने कार्यहरुले निर्माणधिन तटबन्धमा क्षती भइरहेको महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका प्रमुख शोभाकर पौडेलले बताउनुभयो । तटबन्ध संरचनालाई असर पर्ने ढंगले नदीजन्य स्रोतको दोहन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने उहाँको भनाई छ ।

सम्बन्धित सामग्री

नुवाकोटमा अवैध नदीजन्य पदार्थ उत्खननमा रोक

जिल्लामा वर्षात्‌को समयमा अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन बढेपछि त्यसलाई रोक लगाइएको छ । जिल्ला अनुगमन समितिले जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर खोला/नदीबाट ढुंगा, गिटी र बालुवा उत्खननमा रोक लगाउने निर्णय गरेको हो । बर्सेनि जिल्लाका त्रिशूली, तादी, लिखु, कोल्पु, सामरी, सलाखु, विभिन्न खोल्साहरुबाट अवैधरुपमा ढुंगा, गिटी र बालुवा उत्खनन हुने गर्छ ।

१५ दिनअघि नै नदीजन्य पदार्थको उत्खनन्मा रोक

कैलालीको टीकापुर नगरपालिकाले १५ दिन अघिदेखि नै नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खननमा रोक लगाएको छ ।कर्णाली नदीका विभिन्न क्षेत्रमा असोज १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन् शुरु गरेको नगरपालिकाले क्षमता अनुसारका नदीजन्य पदार्थ उत्खन्न भएपछि झण्डै १५ दिन अघि नै उत्खनन्‌मा रोक लगाएको हो । नगरपालिकाको वातावरणीय प्रभाव मूल्यांकनका आधारमा नगरभित्र २५ हजार छ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाईने उल्लेख थियो ।नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मंगलबहादुर शाहीले भने –‘

नदीजन्य पदार्थको उत्खननमा रोक

नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो। सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्या आएकाले नगरपालिकाले यो निर्णय गरेको बताइएको छ।...

सुर्नयाबाट नदीजन्य पदार्थको उत्खननमा रोक

बैतडी : बैतडीको सुर्नया नदीबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ। पाटन नगरपालिकाले उक्त नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको हो।नदीबाट अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन भईरहेकाले अर्को सूचना नभए सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो।सूचना जारी गर्दै नगरकार्यपालिकाको बैठक निर्णय अन

ढुंगा, गिटी, बालुवाको अनियन्त्रित उत्खनन रोक्न सर्वोच्चको आदेश

सर्वाेच्च अदालतले नदीबाट अनियन्त्रित रुपमा ढुंगा, गिटी, बालुवा उत्खननमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।अनियन्त्रित रुपमा निकालिएको ढुंगा, गिटी, बालुवा उत्खननका कारण नदी, खोला क्षेत्रको जैविक विविधतामा असर परेको भन्दै दायर गरिएको रिटमा सर्वाेच्च अदालतले अनियन्त्रित उत्खनन् गर्नका लागि आदेश जारी गरेको हो ।सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले […]

क्रशर र बालुवा प्रशोधन उद्योग कारबाहीमा

बारा । बारा जिल्ला प्रशासन कार्यालयले नियमविपरीत सञ्चालनमा रहेका विभिन्न क्रशर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्न थालेको छ । ती उद्योगमा अनुगमन गरी नियमविपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रशर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो । अनुगमनपश्चात् कानूनविपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही अघि बढाइने सहायक प्रजिअ शिवराज सेडाईंले जानकारी दिए । पहिलो चरणमा जिल्लास्थित चारओटा बालुवा प्रशोधन उद्योगको कागजपत्र नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको हो । कागजपत्र नियन्त्रणमा लिइएका उद्योगमा बारास्थित समृद्धि बालुवा प्रशोधन उद्योग, बालगंगा बालुवा प्रशोधन उद्योग, जयलक्ष्मी बालुवा प्रशोधन उद्योग र बाराको कोलबीस्थित विनादर्ता सञ्चालनमा रहेको अर्काे एउटा बालुवा प्रशोधन उद्योग रहेको छ । नदी उत्खनन र दोहन भएको चौतर्फी गुनासो आएपछि अनुगमन गरेको बताइएको छ । अनुगमन टोलीले यस क्षेत्रमा सञ्चालनमा रहेका अन्य चार क्रबर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट आवश्यक कागजपत्रसमेत नियन्त्रणमा लिएको थियो । बालगंगालगायत खोलामा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको बेलामा समेत क्रशर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका थिए । जिल्लाभित्र २४ ओटा क्रशर उद्योग तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका छन् । रासस

माओवादीको माग : काठमाडौं उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

काठमाडौं, २० पुस :  नेकपा (माओवादी केन्द्र) ले काठमाडौं उपत्यकाभित्रको माटो बालुवा उत्खननमा रोक लगाउनुपर्नेमा जोड गरेको छ । काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट पारित समसमायिक प्रस्ताव पारित गर्दै चुरे बिनासप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यका भित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि जोड गरेको हो । ‘चुरे विनास एवं बालुवा, ढुंगागिटीको चरम दोहनले […]

पर्वतमा नदीजन्य पदार्थ उत्खननमा रोक, मजदुर आन्दोलित

पर्वत- पर्वतको कुश्मा नगरपालिका– १ मालढुङ्गास्थित कालीगण्डकी नदी किनारका मजदुरले कालीगण्डकीबाट बालुवा निकाल्न पाउनुपर्ने माग गरेका छन् । नदीजन्य पदार्थ उत्खननमा प्रशासनले रोक लगाएपछि उनीहरु आन्दोलित बनेका हुन् । मजदुरले कुश्मा नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग नदीजन्य पदार्थ उत्खनन् गर्न दिन माग गरेका हुन् । सङ्घर्ष समिति बनाएर आन्दोलनरत मजदुरले जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा […]

अवैध उत्खननमा संलग्नलाई जरिवाना, बालुवा लिलामी गरिने

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनी खोलालगायत स्थानमा कालीगण्डकी नदीमा मेसिन प्रयोग गरेर अवैध दोहनमा संलग्‍नलाई जरिवाना तिराउने निर्णय भएको छ।यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खननका लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय केही व्यक्तिहरुले स्काभेटर लगाएर दिनहुँ बालुवा निकाल्ने काम गरेका थिए।नदी किनारमा अवैध तवरले बालुवा उत्खनन भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी अधिकारी गणेशबहादुर अधिकारीको ने

पर्साको २ खोलामा ढुंगा–बालुवा उत्खननमा रोक

२१ माघ, वीरगञ्ज । पर्साको भेडाहा र सिंगाही खोलामा गिट्टी, बालुवा, ढुङ्गा उत्खननमा रोक लगाइएको छ । प्रारम्भिक वातावरणीय मूल्यांकन (आईई) अनुसार उत्खनन नगरेको र खोलाबाट बालुवाको ट्याक्टरभित्र काठ राखेर तस्करी गरेको गुनासो स्थानीय प्रशासनसम्म पुगेको थियो । दुई दिनअघि जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारी, प्रमुख जिल्ला अधिकारी […]