२८ कात्तिक, काठमाडौं । न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलनरत कानुन व्यवसायीहरूले आन्दोलन बिथोल्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको बताएका छन् । आन्दोलन बिथोल्ने उद्देश्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नै आफ्ना समर्थकहरूलाई प्रदर्शनमा उतारेको उनीहरूको भनाइ छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतभित्र प्रदर्शन गरिरहेको बेला जबराका समर्थकहरूले बाहिर सडकमा भेला भएर विरोध जनाएका […]