हेटौँडामा चुनाव बिथोल्न खोज्ने सात जना पक्राउ

मकवानपुर –  हेटौँडामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान  हेटौँडा–१० बसपार्कमा रहेकाे नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे । पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौँडा–१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य बाग्मती गा...