काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव बिथोल्न खोज्नेलाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाइने बताएका छन्। आइतबार ललितपुरको होटेल हिमालयमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन बिथोल्न खोज्नेलाई कारबाही गर्ने बताएका हुन्। यसका लागि सरकारले पनि आवश्यक बन्दोबस्ती गर्न भनेको बताए। यसअघि भएका चुनावहरूमा बिथोल्नेहरूलाई कारबाही गर्ने पद्धति अवलम्बन नगर्दा समस्या आएको […]