संघीय संरचना अनुसारको पहिलो बजेट पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि नतिजामुखी बजेटका लागि सुझाव संकलनका लागि सांसदहरू गाउँ जाने भएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बजेट तर्जुमाका लागि आफ्ना सांसदलाई गाउँ पठाउने निर्णय गरेको भोलिपल्टै प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पनि आफ्ना सदस्यलाई सातवटै प्रदेशमा बजेट सुझाव संकलनका लागि पठाउने निर्णय गरेको हो ।