लमजुङका बौद्धिक वर्गले जनताको आवाज सदनमा पुर्याउन प्रभावकारी भूमिका खेल्न सांसद्हरुलाई सुझाव दिएका छन् । लमजुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी सांसद उर्मिला माझीलाई बधाई तथा सुझाव आदानप्रदान कार्यक्रममा उनीहरुले वर्ग नबिर्सन र जनताको पक्षमा निरन्तर काम गर्न सुझाव दिएका हुन् । सो अवसरमा प्रतिनिधिसभा सदस्य माझीले सहिद, बेपत्ता परिवार, घाइते, अपाङ्ग, असहायहरूको पक्षमा निरन्तर आवाज उठाउने तथा जनजीविका र सुशासनको साथमा लमजुङको विकास र समृद्धिको अहोरात्र खटिने प्रतिबद्धता जनाएकी थिइन् ।&nbs