प्रभावित क्षेत्रका लागि दोर्दी–१ को सेयर निष्काशन

लमजुङमा निर्माण सम्पन्न हुने चरणमा रहेको दोर्दी–१ जलविद्युत आयोजना प्रवद्र्धक कम्पनीले प्रभावित क्षेत्रका लागि साधारण सेयर निष्काशन गरेको छ । आयोजना प्रवद्र्धक दोर्दीखोला जलविद्युत कम्पनीले प्रभावित क्षेत्रका लागि १० लाख ५४ हजार दुई सय ६० कित्ता सेयर निश्कासन गरेको हो ।दोर्दी गाउँपालिकाअन्तर्गत दोर्दी खोला करिडोरमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन अनुमतिका […]

सम्बन्धित सामग्री

रसुवागढी हाइड्रोपावरको आईपीओ बिक्री खुला

रसुवागढी हाइड्रोपावरको ६८ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) सोमबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय वासिन्दाहरुका लागि ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । यो सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै प्रभावित क्षेत्रमा गोसाइँकुण्ड गाउँपालिकाका वडाहरु ४, ५ र

ग्रीन भेन्चर्सको पहिलो चरणको आईपिओ आजदेखि बिक्रि खुला

ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावितहरुका लागि आज फागुन २ गतेदेखि साधारण सेयर आईपिओ बिकी खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित ओखलढुंगा र रामेछापवासीहरुका लागि साधारण सेयर निष्काशन गरेको हो। कम्पनीले प्रति शेयर अंकित मुल्य रु.१०० दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावितलाई निष्काशन गरेको हो।  यस आईपिओमा  आयोजना प्रभावित क्षेत्र (खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका -३ (साविक खिजीचण्डेश्वरी गा.वि.स.), ओखलढुङ्गा,लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), ओखलढुङ्गा, लिखु तामाकोशी गाउँपालिका-१ (साविक दुरागाउँ गा.वि.स.), रामेछाप, लिखु तामाकोशी गाउँपालिका-२ (साविक सैपु गा.वि.स.), रामेछाप र उमाकुण्ड गाउँपालिका-७ (साविक भुजि गा.वि.स.) रामेछाप) मा स्थाई बसोबास गर्ने नेपाली नागरिकहरुले मात्र आवेदन दिन सक्ने छन्।आईपिओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ।  सो समयसम्ममा पुरण आवेदन नपरेमा ढिलोमा चैत १ सम्मको लागि आबेदन म्याद थप हुने कम्पनीले जनाएको छ। आवेदन दिंदा न्युनतम १० र अधिकतम ५०,००० कित्ताको लागि आबेदन दिन सकिने छ।  कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।  कम्पनीले  आयोजना प्रभावितलाई आइपीओ निष्काशन गरे पश्चात सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ। त्यसपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ।  कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।

न्यादी हाइड्रोको सेयरमा चार गुण आवेदन

प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा उत्साहजनक सहभागिता रहेको छ । भदौ १ देखि बिक्री सुरु भएको सेयरमा लक्ष्यभन्दा चार गुणा बढी सेयर खरिदका लागि आवेदन परेको हो ।सेयर आवेदनका लागि १५ गतेसम्मको समयसीमा तोकिएकोमा निर्धारित समयमा ६१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो । प्रभावित क्षेत्र […]

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने समय एक दिन थपियो

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप एकदिन थपिएको छ । कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गते अर्थात सोमबारसम्म स्थानीय प्रभावित क्षेत्र नुवाकोटवासीहरुका लागि कुल चार लाख कित्ता सेयर निष्काशन गरेकोमा थप एकदिन म्याद थप गरेको हो । आवेदनको दिने अन्तिम दिन आज भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले यस दिन सरकारले सार्वजनिक समेत दिएकाले कुनै कारोबार नहुने हुँदा कम्पनीले सेयर निष्काशन समय थप एक दिन थपेको हो । योसँगै कम्पनीको आइपिओ खरिद गर्न चाहने लगानीकर्ताले थप १ दिनको अवसर पाएका छन

न्यादीमा चार दिनमै आठ लाख भन्दा बढी कित्ताका लागि आवेदन

प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा चार दिनमै आठ लाख भन्दाबढी कित्ताको लागि आवेदन परेको छ । प्रभावित क्षेत्र र जिल्लाबासीका लागि कुल १५ लाख कित्ता सेयर निष्काशन गरेकोमा शुक्रबारसम्म आठ लाख ५८ हजार ८० कित्ताका लागि आवेदन परेको हो ।आयोजनाका अनुसार पाँच लाख कित्ता छुट्याइएको प्रभावित क्षेत्रबाट मात्रै […]

साहस ऊर्जाको आईपीओ खुला

काठमाडौं । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आईपीओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि भने ३५ लाख कित्ता […]

साहस ऊर्जाको आइपिओ खुला

आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ  । सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला गरिएको छ ।कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ३५ लाख कित्ता अर्थात् रु ३५ करोड बराबरको सेयर जारी गरेको हो

१८ लाख कित्ता सेयर निष्काशन गर्दै न्यादी हाइड्रोपावर

न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थागत लगानीकर्ताको लागि कुल १८ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका ३, ६, ७ र ८ वडाका स्थानीयलाई ५ लाख र जिल्लाको अन्य स्थानीयलाई १० लाख कित्ता गरी १५ लाख र बाँकी रहेको ३ लाख कित्ता सेयर कम्पनीले संस्थाको संस्थापक सेयरधनी कर्मचारीलाई वितरण गर्न लागेको

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को सेयर रोकियो

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि निष्काशन गरेको शेयर रोकिएको छ । कोरोना भाइरसको संक्रमण जोखिमसँगै सरकारले लकडाउन गरेपछि सेयर निष्कासन पनि रोकिएको हो । आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि सेयर निष्काशन गरेको थियो । आगामी १५ गतेसम्मका लागि समयसिमा निर्धारण गरी निष्काशन भएको सेयर गत सोमबारदेखि रोकिएको आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए ।

प्रभावित र जिल्लावासीका लागि माथिल्लो दोर्दी ‘ए’ को सेयर

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि सेयर निष्कासन गरेको छ । आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लावासीका लागि सेयर निष्काशन गरेको हो । आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडले मंगलबारबाट सेयर निष्काशन गरेको आयोजना सञ्चालक राजेन्द्र वस्तीले बताए । सर्वसाधरण जिल्लाबासीका नाममा निष्काशन गरीएको सेयर आव्हानमा जिल्ला भित्रै १५ करोड रकम संकलन गर्ने आयोजनाको लक्ष्य छ ।