रसुवागढी हाइड्रोपावरको ६८ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) सोमबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय वासिन्दाहरुका लागि ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । यो सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै प्रभावित क्षेत्रमा गोसाइँकुण्ड गाउँपालिकाका वडाहरु ४, ५ र