प्रभावित र जिल्लावासीका लागि माथिल्लो दोर्दी ‘ए’ को सेयर

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि सेयर निष्कासन गरेको छ । आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लावासीका लागि सेयर निष्काशन गरेको हो । आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडले मंगलबारबाट सेयर निष्काशन गरेको आयोजना सञ्चालक राजेन्द्र वस्तीले बताए । सर्वसाधरण जिल्लाबासीका नाममा निष्काशन गरीएको सेयर आव्हानमा जिल्ला भित्रै १५ करोड रकम संकलन गर्ने आयोजनाको लक्ष्य छ ।

सम्बन्धित सामग्री

दोर्दीखोला करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले जानकारी दिए ।“हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवद्र्धकले चाहेको बेलामा नै अब बिजुली जोड्न सक्छन्”, आयोजना प्रमुख राणाले भने “कार्यकारी निर्देशकले पनि शिघ्र काम सम्पन्न गर्न दिनुभएको छ, हामीले सबै काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौं ।”वन क्षेत्रको रुख कटानमा देखिएको समस्या तथा अन्य स्थानीयवासीको मागका कारण लामो समयदेखि मार्कीचोक हुँदै लमजुङ खण्डमा प्रसारण लाइन निर्माणको कामले गति लिन नसकेपछि प्राधिकरणले आफ्नो प्रतिवद्धताअनुसार प्रसारण लाइन तयार पारेको हो ।हाल तयारी हालतमा रहेको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ । सो प्रसारण लाइनको क्षमता २२० केभी भए पनि तत्काल कम क्षमता चार्ज गरेर प्रवद्र्धकको बिजुली प्रणालीमा जोडिने आयोजना प्रमुख राणाको भनाइ छ । लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ ।मस्र्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।उनका अनुसार हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले बिजुली जोड्छौं भनेकै दिन जोड्न सकिने भएको छ । यस्तै लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छ । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ दोर्दी–१ पनि तत्कालै जोड्न सकिनेछ ।चेपे खोलाका निर्माणाधिन सात मेगावाटको अर्को एक आयोजनाको समेत बिजुली सोही प्रसारण लाइनमा जोडिँदा तत्कालै ७० मेगावाट बराबरको बिजुली केन्द्रीय प्रणालीमा थप हुनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सवस्टेसन निर्माण भइरहेका छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब बराबर छ ।लमजुङमा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन छन् । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ पनि सोही प्रसारण लाइनमार्फत नै प्रवाह हुनेछ । सो करिडोरका सबै आयोजना निर्माण सम्पन्न भएपश्चात् एक सय २५ मेगावाट बिजुली उत्पादन हुनेछ । त्यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरको सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजनामा कूल रु आठ अर्ब ८० करोड लगानी छ । सो आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको पनि रु २७ करोड लगानी रहेको छ ।

२५ मेगावाट दोर्दी–ए को निर्माणकार्य प्रभावित

लमजुङमा निर्माण सम्पन्नको चरणमा पुगेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना पुनः कोभिड–१९ का कारण प्रभावित भएको छ । जेठ मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनामा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिएपछि निर्माणकार्य प्रभावित भएको हो ।आयोजनामा कार्यरत श्रमिकमध्ये ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो । श्रमिकहरूमा कोरोना संक्रमण पुष्टि भइसकेपछि […]

जलविद्युत् आयोजनालाई प्रशारण लाइनको चिन्ता

लमजुङमा निर्माण सम्पन्न हुन लागेका दुई जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रशारण लाइनको चिन्ता परेको छ । दोर्दी गाउँपालिकाअन्तर्गत दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ए र मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनालाई प्रशारण लाइनको चिन्ता परेको हो ।विश्वव्यापी कोरोना भाईरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका आयोजना उत्पादनको अन्तिम तयारीमा पुगे पनि उत्पादित विद्युत् […]

प्रतिफल राम्रो दिन्छ, ढुक्कसँग लगानी गरे हुन्छ

डा. आत्मराम घिमिरे लिवर्टी इनर्जी कम्पनीका प्रबन्ध निर्देशक हुन् । कम्पनीले लमजुङमा निर्माण गरिरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना चार महिनाभित्र उत्पादन गर्ने गरी अघि बढेको छ । कम्पनीले आगामी ३ भदौदेखि सर्वसाधारणका लागि सेयर जारी समेत गर्न लागेको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावित र स्थानीय जिल्लाबासीका लागि शेयर बाँडफाँड गरिसकेको छ । जलविद्युत् आयोजनाका अवस्था र सर्वसाधारणका लागि जारी गर्न लागेको सेयरबारे कम्पनीका प्रबन्ध निर्देशक घिमिरेसँग गरिएको संक्षिप्त कुराकानीः

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को सेयर रोकियो

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि निष्काशन गरेको शेयर रोकिएको छ । कोरोना भाइरसको संक्रमण जोखिमसँगै सरकारले लकडाउन गरेपछि सेयर निष्कासन पनि रोकिएको हो । आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि सेयर निष्काशन गरेको थियो । आगामी १५ गतेसम्मका लागि समयसिमा निर्धारण गरी निष्काशन भएको सेयर गत सोमबारदेखि रोकिएको आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए ।

दोर्दी ‘ए’ ले सेयर निष्काशन गर्दै

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि सेयर निष्काशनको तयारीमा गरेको छ । आगामी चैत्र महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि सेयर निष्काशनको तयारी गरेको हो ।

लिबर्टी इनर्जीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

लिबर्टी इनर्जी कम्पनी, काठमाडांैद्वारा प्रवद्र्धित लमजुङ जिल्लास्थित २५ मेवा क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रभावित स्थानीय तथा सर्वसाधारण समेतका लागि साधारण सेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिबर्टी इनर्जी कम्पनी र बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटलबीच साधारण सेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।