साहस ऊर्जाको आइपिओ खुला

आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ  । सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुला गरिएको छ ।कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ३५ लाख कित्ता अर्थात् रु ३५ करोड बराबरको सेयर जारी गरेको हो

सम्बन्धित सामग्री

साहस ऊर्जाको आइपिओ निष्कासन हुँदै

साहस ऊर्जा कम्पनीको साधारण सेयर (आइपिओ) निष्कासन हुने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट निष्कासन गर्ने अनुुमति पाएसँगै यही साउन २९ गतेबाट सर्वसाधारणका लागि निष्कासनको आवेदनसमेत खुला गरेको छ । कम्पनीको जारी पुँजी...