सूर्या लाइफ इन्स्योरेन्स पहिलो

काठमाडौं, (नेस) । नेपालको जीवन बिमा व्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाइमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साइन बोर्डमा बिमा समितिको बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालना गर्ने पहिलो जीवन बिमा कम्पनी बनेको छ । नियमनकारी निकाय बिमा समितिको गत […]

सम्बन्धित सामग्री

सूर्यज्योतिको एकीकृत कारोबार सुरु

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरन्सले बिहीबारदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । नेपालको बिमा क्षेत्रमा यो तेस्रो र जीवन बिमा कम्पनीको हकमा पहिलो सफल मर्जर हो ।...

ज्योति लाइफको साधारणसभामा मर्जरको प्रस्ताव पारित

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि तय भएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ । पोखरामा भएको साधारणसभाले यी दुई कम्पनीबीच एकबराबर ०.८२४५ कित्ता...

मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीको साधारणसभा आज

मर्जर प्रक्रियामा रहेका दुई कम्पनीले आज साधारणसभा गर्दैछन् ।  सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आज साधारणसभा गर्दैछन् ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स मर्जमा जाने भएका छन् ।  दुवै कम्पनीले आज एक आपसमा  मर्जमा जानको लागि मर्जर सम्बन्धि सम्झौता गरेका हुन् । सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने डीडीएपछि तय हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

सूर्या लाइफ इन्स्योरेन्स सम्मानित

सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मानित भएको छ ।सूर्या लाइफ ’बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ आवार्डबाट सम्मानित भएको हो ।विश्व […]

सूर्या लाइफ इन्स्योरेन्सको सभा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सूर्या लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको साधारण सभा आज

पुस १९, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले साधारण आज (सोमवार) साधारण सभा गर्न लागेका छन् ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले आव २०७६/७७ को मुनाफाबाट प्रस्तावित १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले होटल पौवा, सिद्धार्थनगर-६, रुपन्देहीमा दिउँसो २ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते देखि १९ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तले सोमवार बोलाए साधारण सभा

पुस १८, काठमाडौं । दई ओटा अलग - अलग कम्पनीको साधारण सभा सोमवार पुस १९ गते हुँदैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सोमवार बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले आव २०७६/ ७७ को मुनाफाबाट प्रस्तावित १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले होटल पौवा, सिद्धार्थनगर-  ६ रुपन्देहीमा दिउँसो २ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते देखि १९ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विवेक झा नियुुक्त

काठमाडौँ / सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको यही जेठ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको २९१ औँ बैठकले सोही