सूर्या लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको साधारण सभा आज

पुस १९, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले साधारण आज (सोमवार) साधारण सभा गर्न लागेका छन् ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले आव २०७६/७७ को मुनाफाबाट प्रस्तावित १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले होटल पौवा, सिद्धार्थनगर-६, रुपन्देहीमा दिउँसो २ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते देखि १९ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सम्बन्धित सामग्री

सूर्या लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तले सोमवार बोलाए साधारण सभा

पुस १८, काठमाडौं । दई ओटा अलग - अलग कम्पनीको साधारण सभा सोमवार पुस १९ गते हुँदैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सोमवार बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा साधारण सभा गर्ने जानकारी दिएको छ । सभाले आव २०७६/ ७७ को मुनाफाबाट प्रस्तावित १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले होटल पौवा, सिद्धार्थनगर-  ६ रुपन्देहीमा दिउँसो २ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते देखि १९ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।