सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स मर्जमा जाने भएका छन् ।  दुवै कम्पनीले आज एक आपसमा  मर्जमा जानको लागि मर्जर सम्बन्धि सम्झौता गरेका हुन् । सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने डीडीएपछि तय हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने सम्बन्धमा दुबै कम्पनीबीच अन्तिम सम्झौता भइ नियमनकारी निकायहरुबाट गाभ्न स्विकृति प्राप्त भएको र आजदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट शेयर कारोबार सूचारु भएको कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेन्जले ओपनिङ्ग प्राईस ३७१.५९ […]

सूर्य ज्योति लाइफ इन्स्योरेन्स अब अझ बृहत्, सबल र विशाल हुने घोषणा

सूर्य ज्योति लाइफ इन्स्योरेन्सले काठमाडौंमा एक विशेष समारोहका बीच सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्य ज्योतिले यही पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

सूर्याज्योति लाइफको एकीकृत कारोबार

सूर्याज्योति लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार शुरू गरेको छ । गत पुष ७ गतेबाट एकीकृत कारोबार शुरू गरेको भएपनि कम्पनीले सोमबार औपचारिक कार्यक्रम गरि यसबारे जानकारी गराएको हो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्जरपश्चात सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो । जीवन बीमाको क्षेत्रमा यो पहिलो मर्जर हो । मर्जरपछि कम्पनीको […]

ज्योति लाइफको साधारणसभामा मर्जरको प्रस्ताव पारित

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि तय भएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ । पोखरामा भएको साधारणसभाले यी दुई कम्पनीबीच एकबराबर ०.८२४५ कित्ता...

सूर्या र ज्योति लाइफबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्बन्धी सम्झौता भएको छ ।एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् ।उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय/क्षेत्रिय प्रमुख तथा […]

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश बितरण नगर्ने

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश बितरण नगर्ने भएको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले कम्पनीको वित्तिय विवरण अनुसार आ.व. २०७७/०७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट  लाभांश वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय गरेको हो। सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा लाभांश बितरण नगंरे निर्णय गरेको कम्पनीले जनाएको छ ।कम्पनीले नेप्सेलाई पठाएको पत्रमा भनिएको छ 'यस कम्पनीको मिति २०७९।०६।०९ गते अपरान्ह ३:३० देखि ४:३० सम्म बसेको संचालक समितिको ३२५ औ बैठकबाट, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्र (MOU) भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीको वित्तिय विवरण अनुसार आ.व. २०७७/०७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट शेयरधनी महानुभावहरुलाई लाभांश वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय भएको ब्यहोरा जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ ।'

ज्योति लाइफले लाभांश नदिने

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ  । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको हो  ।कम्पनीले लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । हाल ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । ज्योति लाइफले मर्जर प्रस्ताव पारित गर्न साउन २४ गते पोखराको लेकसाइड स्थित वाटर फ्रन्ट रिसोर्टमा विशेष साधारणसभा आह्वान गरेको हो ।

सूर्या र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी मर्ज हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् ।  आइतबार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा दुवै कम्पनीका सञ्चालक समिति अध्यक्षले हस्ताक्षर गरे ।  होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरू...

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।  उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरे ।  होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको