निरन्तर घट्दो क्रममा रहेको विदेशी मुद्राको सञ्चितिमा खासै सुधार आउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा कुल १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको विदेशी मुद्राको सञ्चिति चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर सम्ममा) १३.२ प्रतिशतले कमी आई १२ खर्ब १४ अर्ब ३ करोड कायम भएको हो । यस्तो सञ्चिति अमेरिकी डलरमा २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चिति म