हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडा आइपुग्न अन्य जिल्लाको बासिन्दालाई सकस पर्ने गरेको छ। प्रदेशको राजधानी हेटौंडा आउने कुनै पनि सडक सहज छैनन्। हिउँदमा पनि साँघुरो र घुमाउरो रहेको असहज सडक छिचोल्दै आइपुग्नुपर्ने हेटौंडाको सडकखण्ड बर्खामा झन् अवरुद्ध नै हुने गरेको छ।देशैभरको सडक सञ्जाललाई जोड्ने गरी सडकै सडकले घेरेको हेटौंडा बर्खायाममा भने ओहोरदोहोर गर्न मुस्किल पर्ने गरेको छ। उसो त हेटौंडाका बासिन्दालाई पनि यहाँबाट संघीय राजधानी र अन्य स्थान जान सधैं सकस पर्ने गर्छ।गत असारमा मात्रै लगा