हेटौंडा पुगेर मुख्यमन्त्री पौडेललाई देउवाले भने-प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र नसार्नुहोस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौंडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौंडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि…

सम्बन्धित सामग्री

तीन तहबीच अधिकारको विषयमा झगडा गर्नु हुन्न : मुख्यमन्त्री पाण्डे

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहका जनप्रतिनिधिहरूले मतदाताहरूलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् । सोमबारबाट प्रदेश राजधानी हेटौंडामा सुरू भएको जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यकक्रममा बोल्दै उनले कसैलाई पक्षपात नगर्न सुझाव दिए ।  “जनप्रतिनिधि अब भोट नहाल्नेको पनि जनप्रतिनिधि हो, व्यवहार सबैलाई समान होस् पक्षपात कसैलाई नगर्नुहोस्,”उनले भने,“स्थानीय तहलाई लामो...

बागमतीमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)

बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा गणतन्त्र दिवस मनाइएको छ । जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन (गणतन्त्र दिवस)को अवसरमा बागमती प्रदेश सरकारले एक समारोह आयोजना गरेको मनाएको हो ।हेटौंडा उपहमानगरपालिका वडा नम्बर–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाको प्राङ्गणमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता एवम् प्रदेशका सभामुख सानुकुमार श्

काभ्रेको घर्तीछाप–गोकुले–हेटौंडा सडक स्तरोन्नतिका लागि ५० करोड बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका लागि रू. ५० करोड छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र रू. दुई अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । जिल्लामा ‘अति दुर्गम तथा कर्णाली’को उपनाम पाएको डाँडापारी क्षेत्रस्थित उक्त सडक आयोजना क्रमागत बनाई प्रदेश सरकार तथा संघीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ । ६४ किलोमिटर लामो उक्त सडकको पिन्थलीतर्फबाट गाउँपालिकाको केन्द्र घर्तीछापसम्म अर्को बजेटबाट रू. ६७ करोड बजेटबाट स्तरोन्नति भइरहेको सो गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । उनका अनुसार थप रू. दुई अर्ब १० करोडले मात्रै काभ्रेको क्षेत्रभित्र पर्ने ६४ किमी सडक पक्की गर्न सकिने अध्ययनले देखाएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित हुने सडकको ‘ट्र्याक’ मात्रै खोलिएको छ । ट्र्याक मात्रैको कच्ची सडकमा वर्षाका समय यातायातका साधन नचल्ने भएकाले स्तरोन्नतिसहित पक्की गर्न केही वर्षदेखि प्रदेश सरकारसँग बजेट माग गर्दै आएको बताइन्छ । प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले उक्त सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षको बजेटबाटै रू. ५० करोड बजेट विनियोजन गर्ने निर्णय भएको बताए । ‘यो सडकका लागि लामो समयदेखि बजेट माग गरिरहेका थियौँ, बल्ल विनियोजन गर्ने निर्णय भएको छ’, उनले भने । उक्त सडक मकवानपुरको बागमती गाउँपालिकाको केन्द्र जुरजुरेस्थित धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिनेछ । काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृंखलापारि अवस्थित डाँडापारि क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा स्थानीय आवतजावतमा सास्ती खेप्न बाध्य हुनुपरेको छ । जिम्बाले सडक राम्रो भए डाँडापारीका क्षेत्रका मात्र नभई दोलखा, रामेछाप, सिन्धुपाल्चोकको नागरिकसमेत लाभान्वित हुने बताए । उनले भने, ‘हाल जिल्लाको जनप्रतिनिधिसमेत राजधानी पुग्न अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहँदै आएको छ ।’ यसैबीच, उक्त सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णयपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेपलाञ्चोबाट हेटौँडा जोड्ने सडकसँगै बागमती खोलामा निर्माणाधीन १६५ मिटर लामो पुल तथा महाभारत गाउँपालिकाको घर्तीछापसम्मको सडकको गत हप्ता निरीक्षण गरेका थिए । रू. ११ करोडमा सम्झौता भएको उक्त पुलको हाल १२ प्रतिशत मात्रै काम भएको छ । ‘पुल पाँच वर्षअघि निर्माण शुरू भएको रहेछ, उक्त पुलको कामलाई निरन्तरता दिन निर्माणकर्तालाई अल्टिमेटम दिइसकेका छौँ, अब यही बाटो भएर राजधानी हेटौँडा जान निकै सजिलो हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने । उनका अनुसार पिन्थली–महाभारत–घर्तीछाप–गोकुले सडक खण्डलाई थप बजेटका लागि अर्को आर्थिक वर्षमा क्रमागत योजना बनाइनेछ । रासस

हाइटेन्सनले जोखिममा पारेको भन्दै चितवनवासीले भेटे मुख्यमन्त्री

हेटौंडा : लामो समयदेखि हाइटेन्सन विद्युत प्रशारण लाइनलाई वैकल्पिक मार्गबाट लैजान संघर्ष गरिरहेको चितवनको हर्दि–चैनपुर हाइटेन्सन संघर्ष समिति सोमबार हेटौंडा आइपुगेको छ।बस्तीबाटै हाइटेन्सन विद्युत प्रशारण लाइन बनाउने भएपछि आफूहरू जोखिममा परेको भन्दै संघर्ष समिति प्रदेश राजधानी हेटौंडा आएको हो।प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटेर हाइटेन्सनको वैकल्पिक बाटो खोजेर बस्ती जोगाउन आग्रह गरेको संघर्ष समितिले पत्रकार सम्मेलन गरी जानकारी दियो। समितिले विद्यु

मंगलवारदेखि हेटौंडा केन्द्रित आन्दोलन गर्दै यातायात व्यवसायी

काठमाडौं । स्थानीय रूटमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडादर बढाउनुपर्ने माग राख्दै सोमवार बिहानैदेखि काठमाडौंमा आन्दोलन गरेका यातायात व्यवसायीले मंगलवारदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलन गर्ने भएका छन् । काठमाडौंमा आन्दोलन गरेर आफ्ना माग पूरा नहुने भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् । दिनभर आन्दोलनमा रहेका व्यवसायीले सोमवार बेलुका बैठक बस्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गर्न र आफ्ना माग पूरा गराउन प्रदेश राजधानी जाने निर्णय गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले मंगलवारदेखि नै आफूहरू मुख्यमन्त्री र विभागीय मन्त्रीको कार्यालय घेराउ गर्न हेटौंडा जाने बताए । ‘बरु हामी दशैं मनाउँदैनौं, तर आफ्ना माग पूरा गराएरै छाड्छौं,’ उनले भने । व्यवसायीले छाटो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाउनुपर्ने माग राख्दै काठमाडौंको चक्रपथमा चल्ने गाडी बाटोमै तेस्र्याएर आन्दोलन गरेका थिए । व्यवसायीले ग्वार्को, कोटेश्वर, गौशाला, सातदोबाटो, चाबहिल, सुकेधारा, कलंकी लगायत स्थानमा खाली गाडीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । उनीहरूले गाडीले यात्रु बोकेको पाएमा बीच बाटोमै रोकेर हिँड्न बाध्य पारेका थिए । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सवारीसाधनमा पहिलेको भाडादरमा २८ प्रतिशतले वृद्धि गरे पनि प्रदेश अन्तर्गतका जिल्लामा चल्ने सवारीसाधनमा भने भाडादर बढाएको छैन । यी जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने भए पनि बागमती प्रदेशले छोटो दूरीका सवारीसाधनमा भाडा बढाउनेबारे हालसम्म कुनै निर्णय नगर्दा व्यवसायी आन्दोलित भएका हुन् । सोमवारको आन्दोलनमा काठमाडौंसहित धादिङ, रसुवा, मकवानपुर, सिन्धुपाल्चोक लगायत जिल्लाका ७२ ओटा कम्पनीका करीब ५ हजार सवारीसाधन र त्यसमा काम गर्ने १० हजार मजदूर रहेका थिए ।

एमाले-एमाले भिडन्त, माधव नेपाल निर्णायक

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् । गृहमन्त्रीसमेत रहेका थापा शुक्रबार मनोनयन दर्ता गर्न हेलिकोप्टरबाट प्रदेश राजधानी हेटौंडा आएका थिए । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासम...

https://nagariknews.nagariknetwork.com/politics/253211-1593009907.html

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणलाई गति दिन तीनै तहका सरकारविच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभा बैठकको उद्घाटन गरेपछि उनले जनताले देखिनेगरी विकास गर्न सवै सरकार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश राजधानी २० दिनभित्र टुङ्गो लाग्छ : मुख्यमन्त्री पौडेल

१७ चैत हेटौंडा । प्रदेश ३ को हिउँदे अधिबेशन ३ महिनापछि सुरु भएको छ । हिउँदे अधिबेशनको पहिलो बैठकमै प्रदेशको स्थायी राजधानीको बिषयले पनि प्रवेश पाएको छ । आइतबार दिउँसो ३ बजेबाट सुरु भएको बैठकमा प्रदेशका …

मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू

४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव …